अमेरिकाद्वारा नेपालको संविधान दिवसमा शुभकामना, बाढीपीडितका लागि थप सहयोगरसुवा र नुवाकोटका बाढी प्रभावितलाई एनआरएनएको राहत र स्वास्थ्य सेवा जारी, कहाँ कति कसरी गरिरहेको छ नेपालमा सहयोग ।
टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग
लङ आइल्याण्ड नेपाली समाजले पनि गर्यो राहत कोषमा १४ लाख ८९ हजार सहयोग
नेपाली चलचित्र ‘बेहुली’ अमेरिकाका २३ राज्यमा प्रदर्शन
ट्रम्पद्वारा ‘एआई फोर्स’ गठन र नयाँ ‘एआई जार’ नियुक्त गर्ने घोषणा
तेस्रो देशमा आप्रवासी पठाउने ट्रम्प प्रशासनको नीतिमा अदालतले लगायो रोक
अमेरिकामा ब्याजदर बढेपछि घर, कार र क्रेडिट कार्डको ऋण महँगिन सक्ने
अमेरिकामा मोर्गेजको ब्याजदर ७ प्रतिशत नजिक, घर किन्न चाहनेलाई थप दबाब
अमेरिकामा किराना सामानको मूल्य बढ्यो, परिवारको दैनिक खर्चमा आर्थिकभार थपिन सक्ने
अमेरिकाका ५० वटै राज्यमा Medicaid औषधिको मूल्य घटाउने नयाँ योजना, केही औषधि सस्तो हुने सम्भावना
फिलाडेल्फियामा बेपत्ता महिलाबारे प्रहरीको ठूलो अनुसन्धान
मिनेसोटामा मुसलधारे वर्षापछि बाढी र पहिरो, सडक अवरुद्ध
फिलाडेल्फियामा भएको आफ्नो कन्सर्टमा एक्लै प्रस्तुति दिनुपरेपछि गायक एड शिरनले दर्शकसँग मागे माफी
न्युयोर्कमा ट्रकको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु
ओहायोमा आमालाई बचाउन खोज्दा भाइले दाजुलाई गोली हाने
र टेस्लाले फेरि खोल्यो नयाँ Roadster को बुकिङ ।।
आज सेप्टेम्बर २०, २०२६ आइतबार, नेपालमा बिसं. २०८३ असोज ४ गते ।
दशर्कमहानुभाव हामीले अमेरिकामा रहनुभएका नेपालीभाषीहरुका लागि दैनिक समाचार
बुलेटिन प्रशारण गरिरहेका छौँ । यो समाचार बुलेटिन इष्टर्न समय अनुसार हरेक दिन
बिहान ९ बजे प्रसारण हुने छ । यस बुलेटिनमा नेपाली समुदायले अमेरिकामा गरेका
सामाजिक, आर्थिक राजिनितीक गतिबिधि, अमेरिकाले
लागु गरेका र गर्न खोजेका निती नियम लगायत नेपाल र नेपालीलाई प्रभाव पार्ने सूचना,
जानकारी र समाचार प्रस्तुत गर्नेछौँ । यदि हजुरसंग पनि नेपाल र
नेपाली समुदायको विषयमा सरोकार राख्ने कुनै सूचना, जानकारी वा समाचार
छ भने हामीलाई samacharpatiUSA@gmail.com मा इमेल गर्नसक्नुहुने छ । हामीलाई अमेरिकाको कुन
स्टेट, कुन सिटिबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेण्ट बक्समा कमेण्ट
गर्नुहोला । दैनिक रुपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला , आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फस्ट टाइम भनेर लेख्नुहोला । हाम्रो
च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला । अनि अजिकै
आउने बेल आइकन लाई क्लिक गर्नुहोला ।
अमेरिकाद्वारा नेपालको संविधान दिवसमा शुभकामना, बाढीपीडितका लागि थप सहयोग
वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालको संविधान दिवसका अवसरमा अमेरिकी सरकार र जनताका तर्फबाट नेपाली जनतालाई शुभकामना दिनुभएको छ।
साथै, नेपालमा हालै आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाप्रति शोक व्यक्त गर्दै घाइते तथा प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार बाढीबाट प्रभावित अमेरिकी नागरिकप्रति पनि अमेरिकाले चासो व्यक्त गरेको छ। विपद्को करिब तीन सातापछि पनि नेपाल–चीन सीमा क्षेत्रमा करिब ७० जना अमेरिकी नागरिक सम्पर्कविहीन रहेको जनाइएको छ भने १८ जना अमेरिकी नागरिक सुरक्षित स्थानमा पुगेका छन्। बाढी प्रभावित नेपालीका लागि अमेरिकाले ५ मिलियन डलरभन्दा बढी मानवीय, स्वास्थ्य तथा फरेन्सिक सहायता उपलब्ध गराइरहेको जनाएको छ। यसअन्तर्गत खाद्यान्न, खानेपानी, आश्रय, सरसफाइ, आर्थिक सहयोग तथा स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन भइरहेका छन्। अमेरिकाले विश्व खाद्य कार्यक्रममार्फत ३० लाख डलर सहायता परिचालन गरी बाढी प्रभावित करिब १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्य सहायता उपलब्ध गराउने योजना बनाएको छ। त्यस्तै, अमेरिकी सैन्य कार्गो विमानमार्फत खोज तथा उद्धार सामग्री, प्राथमिक उपचार किट, स्ट्रेचर र भग्नावशेष हटाउने उपकरण नेपाल पठाइएको छ। अमेरिकी फरेन्सिक विशेषज्ञहरूले नेपाल प्रहरीसँग सहकार्य गर्दै बाढीमा ज्यान गुमाएकाहरूको पहिचानमा समेत सहयोग गरिरहेका छन्। विदेशमन्त्री रुबियोले नेपाल र अमेरिकाबीचको करिब ८० वर्ष पुरानो सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाउँदै व्यापार, नवप्रवर्तन र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गर्नुभएको छ।
रसुवा र नुवाकोटका बाढी प्रभावितलाई राहत र स्वास्थ्य सेवा जारी
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि गैरआवासीय नेपाली संघ एनआरएनएले सञ्चालन गरेको राहत तथा मानवीय सहयोग अभियान २४औँ दिन पनि जारी रहेको छ।
एनआरएनएको समन्वयमा भारतको सिख एडले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, ठूलो स्याफ्रुका ११० प्रभावित परिवारका लागि राहत सामग्री ल्याएको छ। राहतमा ११० वटा ग्यास चुलो, ११० वटा प्रेसर कुकर, ११० सेट भान्साका सामान, २०० वटा ब्ल्याङ्केट र १० वटा ग्यास सिलिन्डर छन्। राहत सामग्रीमध्ये ९० सेट बढी प्रभावित परिवारलाई, १० सेट थप आवश्यकताअनुसार र १० सेट धुन्चेस्थित गुम्बालाई दिइनेछ। सिख एडको टोलीले हेलिकप्टरमार्फत ठूलो स्याफ्रु पुगेर स्थानीय तहसँगको समन्वयमा राहत वितरण गर्ने जनाएको छ। यसैबीच, बाढी प्रभावित क्षेत्रमा चारदिने स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य टोली काठमाडौं फर्किएको छ। शिविरमा बाढीपछि देखिएका स्वास्थ्य समस्या, दीर्घरोग तथा मौसमी रोगको परीक्षण र उपचार गरिएको थियो। प्रभावित नागरिकलाई मानसिक तथा मनोसामाजिक परामर्शसमेत दिइएको एनआरएनएले जनाएको छ।
टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग
टेक्सस, अमेरिका । टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन् । ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका लामा फाउन्डेसन, बेडफोर्डले रु १ करोड ७ लाख, इन्डिया बजार, फोर्टवर्थले रु ३८ लाख १७ हजार, वन स्टेप फाउन्डेसनले रु २५ लाख, अभान्ट फाउन्डेसनले रु १५ लाख, पाल्पाली संगम अमेरिकाले रु १५ लाख र नुवाकोट पिकनिक ग्रुप टेक्ससले रु १५ लाख सहयोग गरेका छन् । यसैगरी, नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना १८ च्याप्टरबाट संमलित ६६ हजार १९५.८८ अमेरिकी डलर नेपाली काँग्रेसको विपद् न्यूनीकरण कोषमार्फत नेपाल सरकारलाई बेग्लै पठाइएको जनाएको छ ।
लङ आइल्याण्ड नेपाली समाजद्वारा राहत कोषमा १४ लाख ८९ हजार सहयोग
न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित लङ आइल्याण्ड नेप्लिज सोसाइटीले नेपालमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि १४ लाख ८९ हजार रुपैयाँ सहयोग गरेको छ। संस्थाले सञ्चालन गरेको राहत संकलन अभियानबाट जम्मा ९ हजार ६७८ अमेरिकी डलर संकलन भएको थियो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। राहत अभियानमा विभिन्न नेपाली तथा गैर–नेपाली व्यक्ति, परिवार, व्यवसाय र संस्थाले सहयोग गरेका थिए। एल्महर्स्ट अस्पतालको टोलीको तर्फबाट मात्रै २ हजार १५ डलर सहयोग प्राप्त भएको थियो। त्यस्तै, सनसाइन रेस्टुरेन्टले १ हजार डलर, लिन्सनी संस्थाले ५०१ डलर, ओम्नी मोर्टगेजका धर्मिन्दर एस. भासिनले ५०० डलर र बेथपेगस्थित ७–इलेभेन स्टोरले ३०० डलर सहयोग गरेका थिए। संस्थाले विदेशमा रहे पनि नेपालमा परेको विपत्तिका बेला नेपाली समुदाय एकजुट भएर सहयोग गर्न सक्ने सन्देश यस अभियानले दिएको जनाएको छ। सहयोग संकलन अभियानको संयोजन संस्थाका कोषाध्यक्ष पुरुषोत्तम सापकोटाले गरेका थिए। संस्थाकी अध्यक्ष सावित्रा सिवाकोटी, महासचिव विशाल रेग्मीसहित कार्यसमिति, सल्लाहकार र संरक्षकहरूको प्रयासमा अभियान सम्पन्न भएको हो।
नेपाली चलचित्र ‘बेहुली’ अमेरिकाका २३ राज्यमा प्रदर्शन
काठमाडौं । नेपालमा दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘बेहुली’ अहिले अमेरिकाका २३ विभिन्न सहरमा पनि प्रदर्शन भइरहेको छ। ‘सेभेज सिज इन्टरनेशनल फिल्म्स’ले अमेरिकामा चलचित्र प्रदर्शन गर्न गरेको हो। चलचित्र टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिसौरी, नेब्रास्का, ओहायो, इलिनोइस, नेभाडा, न्यूयोर्क, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा प्रदर्शन भइरहेको छ । Cinemark, Marcus, Harkins र Apple Cinemas लगायतका हलमा शो तय गरिएको छ। प्रस्तुतकर्ता अर्जुन पोखरेलका अनुसार चलचित्रमार्फत अमेरिकामा रहेका नेपाली तथा नेपाली चलचित्रप्रेमी दर्शकमाझ नेपाली कथा पुर्याउने प्रयास गरिएको हो। ‘बेहुली’ अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको र ती देश तथा मिति क्रमशः सार्वजनिक गरिने बताइएको छ। चलचित्रमा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँ लगायतको अभिनय छ। माधव शर्माको लेखन र शशान कँडेलको निर्देशन रहेको चलचित्रले परिवार, प्रेम तथा युवा पुस्ताको भावनालाई कथामा प्रस्तुत गरेको छ। चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्।
ट्रम्पद्वारा ‘एआई फोर्स’ गठन र नयाँ ‘एआई जार’ नियुक्त गर्ने घोषणा
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा ‘एआई फोर्स’ गठन गर्ने र नयाँ ‘एआई जार’ नियुक्त गर्ने घोषणा गर्नुभएको छ। ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गर्नुभएको हो। ट्रम्पले प्रस्तावित एआई फोर्सलाई आफूले पहिलो कार्यकालमा स्थापना गरेको ‘स्पेस फोर्स’ जस्तै भएको बताउनुभएको छ। तर नयाँ एआई फोर्सको संरचना, अधिकार, बजेट वा यो सैन्य अथवा नागरिक निकाय हुने भन्नेबारे भने अहिलेसम्म स्पष्ट विवरण दिइएको छैन। त्यसैगरी, ट्रम्पले छिट्टै ‘एआई जार’ अर्थात् एआईसम्बन्धी विशेष सल्लाहकार नियुक्त गर्ने बताउनुभएको छ। तर कसलाई नियुक्त गर्ने र उक्त पदको जिम्मेवारी के हुने भन्नेबारे नाम वा थप विवरण सार्वजनिक गरिएको छैन। यसअघि भेन्चर क्यापिटलिस्ट डेभिड स्याक्सले एआई तथा क्रिप्टो जारको भूमिका सम्हाल्नुभएको थियो। ट्रम्पले एआई प्रविधिको विकासमा नयाँ प्रतिबन्ध लगाउने वा गति रोक्ने पक्षमा आफू नरहेको बताउनुभएको छ। उहाँका अनुसार अमेरिकाले एआई क्षेत्रमा आफ्नो अग्रता कायम राख्न आवश्यक छ। ट्रम्पले एआई भविष्यमा अमेरिकी अर्थतन्त्रको २५ प्रतिशतसम्म कुल गार्हस्थ्य उत्पादन (GDP) मा योगदान गर्न सक्ने दाबीसमेत गर्नुभएको छ। यो घोषणा अमेरिकामा एआईको तीव्र विकास, सुरक्षा जोखिम र सरकारी नियमन कति आवश्यक छ भन्ने बहस भइरहेका बेला आएको हो।
तेस्रो देशमा आप्रवासी पठाउने ट्रम्प प्रशासनको नीतिमा अदालतको रोक
वासिङ्टन । अमेरिकी संघीय अपिल अदालतले आप्रवासीलाई उनीहरूको आफ्नै देशको सट्टा तेस्रो देशमा छिटो पठाउन सक्ने ट्रम्प प्रशासनको नीतिलाई अस्वीकार गरेको छ। अदालतले आप्रवासीलाई आफूलाई पठाउन लागिएको देशबारे जानकारी दिनुपर्ने र त्यहाँ आफूलाई उत्पीडन वा यातनाको जोखिम रहेको भए त्यसबारे आफ्नो कुरा राख्ने पर्याप्त अवसर दिनुपर्ने फैसला गरेको हो। बोस्टनस्थित फर्स्ट यूएस सर्किट कोर्ट अफ अपिल्सका तीन न्यायाधीशको इजलासले यससम्बन्धी तल्लो अदालतको निर्णयलाई अधिकांश रूपमा कायम राखेको हो। अदालतका अनुसार, अपरिचित तेस्रो देशमा पठाउनुअघि आप्रवासीलाई आफ्नो सुरक्षा सम्बन्धी चिन्ता राख्ने ‘अर्थपूर्ण अवसर’ दिन आवश्यक छ। ट्रम्प प्रशासनले सन् २०२५ मार्चमा यस्तो नीति लागू गरेको थियो। यसअन्तर्गत अन्तिम रूपमा देश निकाला आदेश भएका आप्रवासीलाई उनीहरूको आफ्नै देशबाहेक अर्को देशमा पठाउन सकिने व्यवस्था गरिएको थियो। तथ्यांकअनुसार ट्रम्प प्रशासनले हालसम्म २५ हजारभन्दा बढी आप्रवासीलाई कम्तीमा २९ वटा तेस्रो देशमा पठाइसकेको छ। तीमध्ये मेक्सिको, युगान्डा, दक्षिण सुडान, इस्वाटिनी, इक्वेटोरियल गिनी, लाइबेरिया र सेन्ट्रल अफ्रिकन रिपब्लिकलगायत देश छन्। तर अदालतको फैसला तत्काल पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छैन। होमल्यान्ड सेक्युरिटी विभागका कानुनी सल्लाहकारले फैसला तत्काल लागू नभएको दाबी गरेका छन्। ट्रम्प प्रशासनले यो मुद्दालाई सर्वोच्च अदालतमा लैजान सक्ने सम्भावना पनि रहेको छ। यस फैसलाले अमेरिकामा रहेका देश निकाला आदेश भएका आप्रवासीहरूलाई तेस्रो देश पठाउनुअघि दिइने कानुनी प्रक्रिया र सुरक्षा जाँच सम्बन्धी विषयलाई प्रत्यक्ष असर पार्न सक्छ।
अमेरिकामा ब्याजदर बढेपछि घर, कार र क्रेडिट कार्डको ऋण महँगिन सक्ने
वासिङ्टन । अमेरिकाको Federal Reserve ले तीन वर्षपछि पहिलो पटक प्रमुख ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ३.७५ देखि ४ प्रतिशतको दायरामा पुर्याएको छ। लगातार उच्च रहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले फेडले यस्तो निर्णय गरेको हो। फेडको ब्याजदर बढेसँगै क्रेडिट कार्ड, कार लोन र अन्य ऋणको ब्याज बढ्न सक्ने देखिएको छ। विशेषगरी क्रेडिट कार्डको ब्याजदर फेडको नीतिसँग छिटो प्रभावित हुने भएकाले ऋण बोकेका परिवारको मासिक खर्च बढ्न सक्छ। घर किन्न खोजिरहेका अमेरिकीका लागि पनि अवस्था चुनौतीपूर्ण बनेको छ। ३० वर्षे फिक्स्ड मोर्टगेजको औसत ब्याजदर ६.९५ प्रतिशत पुगेको छ, जुन १९ महिनाभन्दा बढी समययताकै उच्च हो। एक वर्षअघि यही दर ६.२६ प्रतिशत थियो। यसरी ब्याजदर बढ्दा ४ लाख डलरको घर कर्जामा मासिक भुक्तानी करिब २५५ डलरसम्म थपिन सक्ने उदाहरण दिइएको छ। उच्च ब्याजदरका कारण केही मानिसले घर खरिद गर्ने योजना पछि सार्नुपर्ने अवस्था पनि आउन सक्छ। तर बैंकमा बचत वा CD मा पैसा राख्ने उपभोक्ताले भने तुलनात्मक रूपमा बढी ब्याज पाउन सक्ने सम्भावना हुन्छ। फेडले वर्षको अन्त्यअघि फेरि ब्याजदर बढाउन सक्ने संकेतसमेत दिएको छ। यसबीच अमेरिकामा अगस्ट महिनामा खुद्रा बिक्री १.२ प्रतिशत बढेको छ भने नयाँ बेरोजगारी भत्ता माग्नेको संख्या १ लाख ९६ हजारमा झरेको छ। यसले उपभोक्ता खर्च र रोजगारी बजार तत्काल कमजोर नदेखिएको संकेत गरेको छ। समग्रमा, अहिलेको ब्याजदर र मुद्रास्फीतिको अवस्थाले घर किन्न, कार किन्न वा क्रेडिट कार्डमा ऋण राख्ने अमेरिकी परिवारको खर्चमा प्रत्यक्ष असर पार्न सक्ने देखिएको छ।
अमेरिकामा मोर्टगेज ब्याजदर ७ प्रतिशत नजिक, घर किन्न चाहनेलाई थप दबाब
वासिङ्टन डीसी । अमेरिकामा घर किन्नका लागि लिइने ३० वर्षे फिक्स्ड मोर्टगेजको औसत ब्याजदर ७ प्रतिशत नजिक पुगेको छ। फ्रेडी म्याकका अनुसार सेप्टेम्बर १७, २०२६ मा ३० वर्षे मोर्टगेजको औसत दर ६ दशमलव ९५ प्रतिशत पुगेको छ। यो अघिल्लो हप्ताको ६.७६ प्रतिशतभन्दा माथि हो। एक वर्षअघि भने यही दर ६.२६ प्रतिशत थियो। त्यसैगरी, १५ वर्षे फिक्स्ड मोर्टगेजको औसत ब्याजदर ६.२६ प्रतिशत पुगेको छ। अघिल्लो हप्ता यो ६.०९ प्रतिशत थियो भने एक वर्षअघि ५.४१ प्रतिशत थियो। मोर्टगेज ब्याजदर बढ्दा नयाँ घर किन्न ऋण लिने परिवारको मासिक किस्ता बढ्न सक्छ। विशेषगरी घरको मूल्य पनि उच्च रहेको अवस्थामा ब्याजदर बढ्दा घर किन्न चाहने धेरै मानिसले आफ्नो बजेट पुनः विचार गर्नुपर्ने अवस्था आउन सक्छ। मोर्टगेज दरमा आएको वृद्धिको असर अमेरिकी हाउजिङ बजारमा पनि देखिन थालेको छ। राइजिङ मोर्टगेज दरका कारण घर किन्ने सम्भावित ग्राहकको गतिविधि कमजोर भएको र सेप्टेम्बरमा अमेरिकी होमबिल्डरहरूको मनोबल एक वर्षयताकै न्यून स्तरमा पुगेको रॉयटर्सले जनाएको छ। यसैबीच, फेडरल रिजर्भले सेप्टेम्बर १६ मा आफ्नो प्रमुख ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ३.७५ देखि ४ प्रतिशतको दायरामा पुर्याएको छ। उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले गरिएको यो कदमले ऋणको लागतमा थप प्रभाव पार्न सक्नेछ। तर फेडको ब्याजदर र ३० वर्षे मोर्टगेज दरबीच प्रत्यक्ष एक–एकको सम्बन्ध हुँदैन। मोर्टगेज दरमा ट्रेजरी बन्डको प्रतिफल, आर्थिक अवस्था र बजारको अपेक्षालगायत विभिन्न कुराले प्रभाव पार्छन्। अहिलेको अवस्थाले नयाँ घर किन्न चाहने, मोर्टगेज रिफाइनान्स गर्न खोज्ने तथा उच्च ब्याजदरको ऋण भएका अमेरिकी परिवारका लागि घरसम्बन्धी खर्च महत्वपूर्ण विषय बनेको देखाएको छ।
अमेरिकामा किराना सामानको मूल्य बढ्यो, परिवारको दैनिक खर्चमा दबाब
वासिङ्टन डीसी । अमेरिकामा घरायसी उपभोगका लागि किनमेल गरिने किराना तथा खाद्यान्नको मूल्य लगातार महँगो भइरहेको छ। अमेरिकी श्रम तथ्यांक ब्युरो BLS का अनुसार अगस्ट २०२६ सम्मको एक वर्षमा घरमै पकाएर खाने खाद्य वस्तुको मूल्य २.२ प्रतिशतले बढेको छ। अगस्ट महिनामा भने किराना सामानको समग्र मूल्यमा ठूलो परिवर्तन देखिएन। तर विभिन्न खाद्य समूहमा मूल्य बढ्ने र घट्ने क्रम जारी रह्यो। फलफूल र तरकारीको मूल्य घटेको भए पनि अन्य केही खाद्य सामग्रीमा मूल्य बढेको तथ्यांकले देखाएको छ। रेस्टुरेन्ट तथा बाहिर खाना खाने खर्च भने अगस्टमा ०.३ प्रतिशतले बढेको छ। पछिल्लो एक वर्षमा बाहिर खाना खाने खर्च ३.४ प्रतिशतले महँगिएको BLS को तथ्यांक छ। समग्र खाद्य वस्तुको मूल्य भने एक वर्षमा २.७ प्रतिशतले बढेको छ। यसको अर्थ अमेरिकी परिवारले सुपरमार्केटबाट सामान किन्दा गत वर्षको तुलनामा औसतमा बढी रकम खर्च गर्नुपरेको छ। विशेषगरी दैनिक आवश्यक पर्ने खाद्यान्नको मूल्यमा भएको वृद्धि परिवारको मासिक बजेटमा प्रत्यक्ष असर पार्ने विषय बनेको छ। यसैबीच, अमेरिकाको मिडवेस्ट क्षेत्रमा अगस्ट महिनामा खाद्य वस्तुको मूल्य ०.५ प्रतिशतले बढेको BLS ले जनाएको छ। किराना सामानको मूल्य पनि ०.४ प्रतिशतले बढेको थियो। यस क्षेत्रमा मासु, कुखुरा, माछा र अण्डाको मूल्य ०.७ प्रतिशत, डेरी तथा सम्बन्धित उत्पादनको मूल्य १.२ प्रतिशत बढेको थियो। महँगीको समग्र दर अगस्टमा वार्षिक आधारमा ३.४ प्रतिशत रहेको अवस्थामा खाद्यान्नको मूल्यवृद्धिले अमेरिकी परिवारको दैनिक जीवनयापन खर्चमा थप दबाब कायम राखेको छ।
अमेरिकाका ५० वटै राज्यमा Medicaid औषधिको मूल्य घटाउने नयाँ योजना केही औषधि सस्तो हुने सम्भावना वासिङ्टन डीसी । अमेरिकाका ५० वटै राज्यमा Medicaid बाट पाइने केही औषधिको मूल्य घटाउने योजना अघि बढाइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अनुसार अमेरिकामा महँगा औषधिको मूल्य अन्य देशमा भन्दा कम हुने गरी मिलाउने प्रयास गरिएको हो। यस योजनाबाट Medicaid प्रयोग गर्ने कम आम्दानी भएका परिवार, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मानिसलाई केही औषधि सस्तो पर्न सक्छ। विशेषगरी लामो समयसम्म औषधि खानुपर्ने बिरामीका लागि यसको असर महत्वपूर्ण हुन सक्छ। सरकारले यो योजनाबाट संघीय र राज्य सरकारको स्वास्थ्य खर्चमा दशौँ अर्ब डलर बचत हुने अनुमान गरेको छ। तर औषधिको मूल्य वास्तवमा कति घट्छ र बिरामीले कति पैसा बचत गर्छन् भन्ने कुरा अहिले नै स्पष्ट छैन। यो योजना मुख्य रूपमा Medicaid प्रयोग गर्ने मानिसका लागि हो। निजी स्वास्थ्य बीमा भएका सबै मानिसलाई यसको सीधा फाइदा नहुन सक्छ। सरकारले औषधि कम्पनीहरूसँगको सहकार्यमा केही औषधिको मूल्य घटाउने तयारी गरेको छ। कुन औषधि सस्तो हुन्छ र नयाँ मूल्य कहिलेदेखि लागू हुन्छ भन्ने विवरण भने सम्बन्धित कार्यक्रमअनुसार फरक हुनेछ।
फिलाडेल्फियामा बेपत्ता महिलाबारे प्रहरीको ठूलो अनुसन्धान
फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियास्थित ओल्नी क्षेत्रमा रहेको एउटा घरबाट धेरै महिला बेपत्ता भएको घटनाबारे प्रहरीले ठूलो अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार वेस्ट च्यु एभेन्युस्थित उक्त घरसँग कम्तीमा सात जना महिलाको सम्बन्ध देखिएको छ। तीमध्ये केही महिला लामो समयदेखि बेपत्ता छन्। अनुसन्धानका क्रममा घरबाट १० लाखभन्दा बढी फोटो, भिडियो र अन्य डिजिटल सामग्री फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले ती सामग्रीमध्ये केहीमा महिलाहरू घाइते, बेहोस वा मृतजस्तो देखिएको जनाएको छ। पाँच जना महिलाको अवस्था निकै चिन्ताजनक रहेको र उनीहरू जीवित छन् कि छैनन् भन्नेबारे अनुसन्धान भइरहेको छ। अहिलेसम्म घरबाट कुनै मानव शव भने फेला परेको छैन। यो अनुसन्धान घरका बासिन्दा इयुजिन होर्श पक्राउ परेपछि सुरु भएको हो। उनका दिवंगत बुबा रेमन्ड ‘आर.सी.’ होर्श पनि अनुसन्धानको महत्वपूर्ण विषय बनेका छन्। प्रहरी र एफबीआईले अहिले ठूलो मात्रामा डिजिटल सामग्री जाँच गरिरहेका छन्। प्रहरीले बेपत्ता आफन्तबारे जानकारी भएका व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।
मिनेसोटामा मुसलधारे वर्षापछि बाढी र पहिरो, सडक अवरुद्ध
मिनेसोटा । अमेरिकाको मिनेसोटा राज्यमा भारी वर्षापछि बाढी र पहिरोको समस्या देखिएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको मुसलधारे वर्षाले दक्षिणी मिनेसोटाका विभिन्न क्षेत्रमा सडक, राजमार्ग तथा नदी आसपासका बस्ती प्रभावित भएका छन्। मौसम अधिकारीका अनुसार केही क्षेत्रमा ८ इन्चभन्दा बढी वर्षा भएको छ। स्प्रिङ भ्याली क्षेत्रमा ८ इन्चभन्दा बढी तथा लेन्सबोरो र एलेन्डेल क्षेत्रमा ७ इन्चभन्दा बढी वर्षा मापन गरिएको छ। क्यालेडोनिया, प्रेस्टन, च्याटफिल्ड र न्यू रिचल्यान्ड क्षेत्रमा पनि ६ इन्चभन्दा बढी वर्षा भएको छ। बाढीका कारण स्प्रिङ भ्यालीका सबै सडक केही समय बन्द गरिएको थियो। न्यू रिचल्यान्डमा पनि सडक र बस्तीमा पानी पसेपछि स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ। यसैबीच, लेन्सबोरो नजिकै स्टेट हाइवे १६ मा पहिरो जाँदा सडकमा माटो, रुख तथा अन्य debris थुप्रिएको थियो। केही समय सडक बन्द गरिए पनि पछि यातायात सञ्चालनमा ल्याइएको छ। अमेरिकी मौसम सेवाले सिडर र रुट नदी आसपास बाढीको चेतावनी जारी गरेको छ। अहिलेसम्म बाढीका कारण मानवीय क्षति भएको तत्काल रिपोर्ट भने आएको छैन।
फिलाडेल्फियामा भएको आफ्नो कन्सर्टमा एक्लै प्रस्तुति दिनुपरेपछि गायक एड शिरनले दर्शकसँग मागे माफी
गायक एड शिरनले फिलाडेल्फियामा भएको आफ्नो कन्सर्टमा एक्लै प्रस्तुति दिनुपरेपछि दर्शकसँग माफी मागेका छन्। उनको भ्रमणमा सहभागी केही कलाकारहरूले र्यापर म्याकलमोरलाई टुरबाट हटाइएको विरोध गर्दै कार्यक्रमबाट अलग भएका थिए। म्याकलमोरले प्यालेस्टाइनको समर्थनमा दिएको अभिव्यक्तिपछि उनलाई टुरबाट हटाइएको थियो। त्यसपछि अन्य केही कलाकार र ब्याकिङ ब्यान्डले पनि टुर छाडेका थिए। शिरनले भने म्याकलमोरलाई हटाउने निर्णय आफ्नो नभई टुर आयोजक र कार्यक्रमस्थलका पक्षबाट भएको बताएका छन्। फिलाडेल्फियाको कार्यक्रममा शिरनले गाजाको अवस्थालाई दुःखद र अन्यायपूर्ण भन्दै आफू संगीतमार्फत मानिसहरूलाई जोड्न चाहेको बताएका छन्।
न्युयोर्कमा ट्रकको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु
न्युयोर्क । न्युयोर्क सहरको इस्ट भिलेज क्षेत्रमा ट्रकले साइकललाई ठक्कर दिँदा १५ वर्षीया किशोरीको मृत्यु भएको छ। घटनामा अर्की १६ वर्षीया किशोरी घाइते भएकी छन्। प्रहरीका अनुसार शुक्रबार राति करिब ९ बजे ईस्ट १४औँ स्ट्रिट र फर्स्ट एभेन्युको चोकमा दुर्घटना भएको हो। दुई किशोरी एउटै साइकलमा यात्रा गरिरहेका बेला ठूलो व्यावसायिक ट्रकले दायाँ मोड्ने क्रममा साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा १५ वर्षीया डारिया सेर्कोभ गम्भीर घाइते भएकी थिइन्। उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। १६ वर्षीया किशोरीको खुट्टामा चोट लागेको छ र उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ। ट्रक चालक घटनास्थलमै बसेर प्रहरीको अनुसन्धानमा सहयोग गरिरहेका छन्। हालसम्म चालकविरुद्ध कुनै आरोप लगाइएको वा पक्राउ गरिएको छैन। दुर्घटनाबारे न्युयोर्क प्रहरीको दुर्घटना अनुसन्धान टोलीले थप अनुसन्धान गरिरहेको छ।
ओहायोमा आमालाई बचाउन खोज्दा भाइले दाजुलाई गोली हाने
नर्थ ओल्मस्टेड
ओहायो । ओहायोको नर्थ ओल्मस्टेडमा १८ वर्षीय आमिन फरराजमाथि आफ्नै दाजुको हत्या गरेको आरोपमा मुद्दा चलाइएको छ। सेप्टेम्बर १६ मा घरभित्र विवाद हुँदा आमिनले २२ वर्षीय दाजु अब्दुल्ला फरराजलाई गोली हानेका थिए। अब्दुल्लालाई अस्पताल लगिए पनि उनको मृत्यु भयो। प्रहरीका अनुसार घटनाका बेला घरमा परिवारका अन्य सदस्य पनि थिए। आमिनकी बहिनीले ९११ मा फोन गरेर दाजुले आमालाई कुटेको र आमिनले परिवारलाई बचाउन गोली चलाएको बताएकी थिइन्। आमिनले पनि ९११ मा फोन गरेर दाजुले आमामाथि आक्रमण गर्न खोजेको बताएका थिए। घटनामा आमिनकी आमालाई पनि चोट लागेको र उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। आमिनका वकिलले गोली चलाउनु आत्मरक्षा र परिवारका सदस्यलाई बचाउन गरिएको काम भएको दाबी गरेका छन्। तर प्रहरीले आमिनमाथि फर्स्ट-डिग्री फेलोनी मर्डरको आरोप लगाएको छ। अदालतले उनको जमानत १० लाख डलर तोकेको छ। मुद्दाबारे थप अनुसन्धान भइरहेको छ।
टेस्लाले फेरि खोल्यो नयाँ Roadster को बुकिङ
वासिङ्टन डीसी । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले नयाँ Roadster कारको बुकिङ फेरि खुला गरेको छ। कम्पनीले अक्टोबर १ मा टेक्सासको Waco मा नयाँ Roadster सार्वजनिक गर्ने तयारी गरिरहेका बेला बुकिङ खुलाएको हो। अमेरिकामा Roadster बुक गर्न ग्राहकले सुरुमा ५ हजार डलर तिर्नुपर्नेछ। त्यसपछि १० दिनभित्र थप ४५ हजार डलर तिर्नुपर्नेछ। यसरी जम्मा ५० हजार डलर जम्मा गर्नुपर्नेछ। टेस्लाका अनुसार यो रकम फिर्ता लिन सकिने अर्थात् refundable छ। तर नयाँ Roadster को अन्तिम मूल्य र उत्पादन सुरु हुने मिति अहिलेसम्म स्पष्ट गरिएको छैन। टेस्लाले अक्टोबर १ को कार्यक्रममा कारको मूल्य, विशेषता र उत्पादनसम्बन्धी थप जानकारी दिने अपेक्षा गरिएको छ। नयाँ Roadster टेस्लाले सन् २०१७ मा पहिलो पटक देखाएको थियो। त्यसयता यसको उत्पादनमा पटक–पटक ढिलाइ हुँदै आएको छ। टेस्लाले नयाँ कारमा उच्च गति र लामो दूरीसम्म चल्न सक्ने क्षमता दिने दाबी गर्दै आएको छ।
हवस्त दर्शक महानुभाव
समाचारपाटी USA को दैनिक न्यूज बुलेटिन अहिलेको लागि यति नै । हामीले प्रस्तुत गरेका
समाचारहरु प्रति तपाईको धारणा के छ, तलको कमेण्टबक्स मा कमेण्ट गर्नुहोला । हामीलाई अमेरिकाको कुन स्टेट,
कुन सिटिबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेण्ट बक्समा कमेण्ट
गर्नुहोला । दैनिक रुपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला , आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फस्ट टाइम भनेर लेख्नुहोला । हाम्रो
च्यानल अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला । अनि अजिकै
आउने बेल आइकन लाई क्लिक गर्नुहोला । यदि हजुरसंग पनि नेपाल र नेपाली समुदायको
विषयमा सरोकार राख्ने कुनै समाचार, सूचना वा जानकारी छ भने
हामीलाई samacharpatiUSA@gmail.com मा इमेल गर्नसक्नुहुने छ । भोली फेरी नेपाल र नेपालीसंग सरोकार राख्ने
सूचना, जानकारी र समाचार सहितको समाचारपाटी USA को NEWS BULLETIN इष्टर्न समय अनुसार
भोली बिहान ९ बजे लिएर हामी उपस्थित हुने छौँ । तबसम्मको लागि हामीलाई विदा
दिनुहोस, तपाईको बाँकी पल सुखद होस, जय
नेपाल, जय नेपाली । नमस्कार ।
Usa News in nepali language daily eastern time @ 9 AM., America and world's news brodcasting from USA in nepali language. Nepali news usa, usa news today Nepal, usa news live nepali, Nepal news America, nepali news from usa, usa ma aaja, America ma aaja, usamaaja, americamaaja, nepalinewsusa, usanepalinews, nepaliusa, usanepali, usa nepali news, nepali samachar america, america samachar, usa samachar,
#samacharpatiusa #nepalinewsusa #usanepali #usanepalinews
Nepali news from usa, Today nepali news in usa, Latest nepali news in usa, usa Ma aaja, america ma aaja, usa nepali samachar, nepali samachar usa, nepali news america, america nepali news
______________________________
► Samacharpati USA is online news media, we create content about Nepali news, interviews and all other from usa which is related to Nepal and Nepali, our main channel is youtube.com/@samacharpati/. Please subscribe Us for more updates. Thank you 🙏 ❤️🇳🇵🇺🇸
______________________________
► If you have any News about Nepal and Nepali society Please Contact Us : https://fb.com/pralhadchandraghimire/
Email : samacharpatiusa@gmail.com
______________________________
#SamacharpatiUSA
#samacharpati
#usanepalinews
#latestUSAnewsnepali
#Usanepali
#nepaliusa
#usanepal
#nepalusa
#nepalinewsUSA
#todayusanews
#usamamaaaja
#usamaaja
#americamaaja
#americamaaaja
#nepalinewsusa
#usasamachar
#nepalisamacharusa
#samacharusa
email - samacharpatiusa@gmail.com
*This channel is managed by Samacharpati Team & Pokhara Media Club Pvt.Ltd. For More informations please view our Description.*