fbpx

पाल्पामा पुग्ने पर्यटकलाई स्थानीय कला संस्कृतिको अवलोकन गराइने

author

समाचारपाटी

५ महिना अगाडि

तानसेन । पाल्पामा पुग्ने पर्यटकलाई स्थानीय कला संस्कृतिको अवलोकन गराइने भएको छ। यहाँ खुला नाचघरमा स्थानीय कला संस्कृति देखाउन लागिएको छ। कला संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि लुम्बिनी प्रदेश सरकारले सदरमुकाम तानसेनमा श्रीनगर सांस्कृतिक डबली निर्माण गरेको छ। निर्माण गरिएको डबली तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नगर प्रमुख सन्तोषलाल श्रेष्ठलाई सांस्कृतिक डबलीको साँचो दिएर डबली हस्तान्तरण गरेका हुन्। प्रदेश सरकारको ६ करोड ८२ लाख ५६ हजार ९१ रुपैयाँको लागतमा प्रतीक्षा कन्ट्रक्सन निर्माण कम्पनीले डबली निर्माण गरेको हो। तीन वर्षमा निर्माण सम्पन्न भएको हो। आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि स्थानीय कला संस्कृतिमार्फत मनोरञ्जन गराउने, पर्यटकहरूको आगमन बढाउने र पाल्पालाई लुम्बिनी प्रदेशकै हिल स्टेसनका रूपमा विकास गर्ने उद्देश्यले डबली निर्माण गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयाे। स्थानीय कला संस्कृतिलाई बचाउँदै पर्यटनको माध्यमबाट आयआर्जन बढाउन डबली निर्माण गरिएको मुख्यमन्त्री चौधरीले बताउनुभयाे।

तानसेन नगरपालिकाले दैनिक कार्यतालिका बनाएर यस क्षेत्रको सबै किसिमका कला संस्कृतिहरू प्रदर्शन गर्नुपर्नेमा उहाँको जोड थियो। स्थानीय कला संस्कृतिको जर्गेना हुनेमा पूर्ण विश्वास रहेको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले बताउनुभयाे। नगरपालिकाले विस्तृत कार्ययोजना बनाएर नियमित रूपमा सांस्कृतिक डबली सञ्चालन गर्नुपर्ने प्रदेश सभा सदस्य खेमबहादुर सारुले बताउनुभयाे। डबलीमा पाँच सय दर्शको क्षमता रहेको छ। यहाँ स्टेज, दर्शक कक्ष, पोसाक परिवर्तन कक्ष, कोलसेट, शौचालय, सुरक्षा गार्ड कक्ष, टिकट काउन्टर, कार्यालय कोठा, कफी सप र आवश्यक पार्किङसहितको सुविधा रहेको छ।

annapurnapost


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक