घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सत्विज छरियो

पोखरा, २० मसिंर । पोखरा १९ घार्मीमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा वालाचतुदर्शी पर्वको अवसरमा सत्विज छरिएको छ ।

मन्दिर व्यबस्थापन समितिले आयोजना गरेको सत्विज छर्ने कार्यक्रममा त्यस आसपासका लामाचौर,बाटुलेचौर,अर्मला,हेम्जा,पुरुन्चौर,हरिपाउँ,कुरेचौर लगायतका क्षेत्रबाट आएका भक्तजनले भगवान शिवको पूजा अर्चना गरि धान,जौं,तिल,गहुँ,मकै लगायतका शुद्ध अन्नहरु फुलमा मिसाएर छरेका थिए । सत्विज छर्न विहानैदेखि भक्तजनको घुईचो लागेको समितिका अध्यक्ष टिकाराम पौडेलले जानकारी दिनुभयो ।

स्थानिय हरिचन्द्र पौडेलको घरबाट भजन किर्तन र बाजागाजा सहित फुलको डोलीलाई मन्दिर परिसरमा ल्याएर सत्विज छरिएको हो ।मन्दिरमा भजन टोलीले भगवान शिवको महिमा सहित भजन चुड्का प्रस्तुत गरेका थिए । त्यहाँ पुगेका भक्तजनलाई आमा समुहले प्रसाद वितरण समेत गरेका थिए ।

धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित घार्मीमा विगतका वर्षहरुबाट नै सत्विज छर्ने गरिएको स्थानियले बताएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top