म्याराथन टोली जापान प्रस्थान

५ मंसिर l
मित्र राष्ट्र जापानको ओसाकामा नोभेम्बर २५ तारिखमा आयोजना हुने बिश्वस्तरिय ओसाका म्याराथन २०१८ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गर्यो  । नेपाली टोलीलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रमविच बिदाई गरेका थिए ।


नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको ब्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा बैकुण्ठ मानन्धर र खेलाडी द्वयमा धर्म महर्जन तथा पुष्प लाल श्रेष्ठ रहेका छन् । “अन्तराष्ट्रिय प्रशिक्षण नभएता पनि नेपाली धावकहरुले उत्कृष्ट नतिजा ल्याउने छन् ” प्रशिक्षक बैकुण्ठ मानन्धरले बताए । बिगत १० बर्ष देखि डा. खगेन्द्र स्पोर्टस् फाउण्डेशनले खेल तथा खेलाडीहरुको बिकास तथा उत्थानमा हरदम प्रयास गर्दै आईरहेको संस्थापक अध्यक्ष डा. खगेन्द्र बहादुर श्रेष्ठले जानकारी गराएका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top