नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रेस विज्ञप्ति

मिति :२०७५ असोज १८ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा),,गण्डकी प्रदेश कमिटी पदाधिकारीको पहिलो वैठक कमिटीका अध्यक्ष कमरेड हितराज पाण्डेको अध्यक्षतामा तथा इन्चार्ज कमरेड पृथ्वीसुव्वा गुरुङ र सह–इन्चार्ज कमरेड खगराज अधिकारीको विशेष उपस्थितिमा मिति २०७५ असोज १७ गते सम्पन्न भयो । वैठकमा जनआन्दोलन, जनयुद्ध लगायत विभिन्न आन्दोलन र संघर्षमा सहादतवरण गर्नुहुने अमर सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरियो । वैठकले गरेका महत्वपूर्ण निर्णयहरु निम्नानुुसार छन् ।

निर्णयहरुः
१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा), गण्डकी प्रदेश कमिटीको सम्पर्क कार्यालय हाललाई पोखरा महानगरपालिका वडा नं.९, नयाँ वजार पोखरामा रहने छ । कार्यालय संचालन र व्यवस्थापनको वारेमा निर्णय गरिएको छ ।
२. जिल्ला, महानगरपालिका, नगरपालिका र गाउँपालिकामा तत्काललाई नियमित पार्टी काम संचालन तथा संयोजन गर्नका लागि पार्टी संयन्त्र गठन गरिएको छ । जिल्ला संयन्त्रमा तत्कालिन नेकपा (एमाले) वाट जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालिन नेकपा (माओवादी केन्द्र) वाट इन्चार्ज, सहइन्चार्ज र संयोजक सहित ५ जना गरि १० जना रहनेछन् । त्यस्तै, जिल्ला संयन्त्रले महानगरपालिकामा १०, नगरपालिकामा ८ र गाउँपालिकामा ६ सदस्यीय पार्टी संयन्त्र गठन गर्नुका साथै पार्टीको विधान, नियमावली र पार्टीको थप निर्देशनलाई आधार मानी महानगरपालिका, नगरपालिका र गाउँपालिकाको पार्टी एकीकरणका सम्वन्धमा प्रदेश कमिटीलाई आवश्यक सुझाव पठाउनु पर्नेछ ।
३. २०७५ असोज २७ गतेभित्र प्रदेश कमिटीसँग समन्वय गरि पार्टी जिल्ला संयन्त्रहरुले वैठकको आयोजना गर्नेछन् ।
४. प्रदेश कमिटीको आयोजनामा आउँदै गरेका सम्पूर्ण चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुका साथै कार्तिकको दोस्रो हप्ताभित्र प्रदेश र जिल्ला तहमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ । त्यसैगरी, जिल्ला लगायत सम्पूर्ण स्थानीय संयन्त्रहरुले पनि आ–आफ्नो तहमा शुभकामना आदानप्रदान तथा पार्टी एकता सन्देश प्रवाह कार्यक्रमको आयोजना गर्नेछन् ।
५.गण्डकी प्रदेशको भूगोलमा रहनुभएका केन्द्रीय कमिटीका सदस्यहरुको भेला मिति २०७५ असोज १९ गते दिनको ठिक १ बजे नेकपाको जिल्ला पार्टी कार्यालय, शान्तीवनमा आयोजना गरिनेछ ।
६.उपरोक्त वमोजिम कार्यसम्पादन गर्दा नीतिगत वा व्यवहारिक रुपमा कुनै कठिनाई उत्पन्न भएमा प्रदेश कमिटीसँग सम्पर्क–समन्वय गर्ने ।
नेपाली कम्युनिष्ट आन्दोलनका दुई महत्वपूर्ण शक्ति नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको महान एवं ऐतिहासिक एकता पछि निर्मित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूल मर्म र भावनालाई गण्डकी प्रदेशमा सम्पूर्ण पार्टी पङ्ती, समर्थक, शुभचिन्तक लगायत आम जनतामा पु¥याउदै पार्टीलाई सांगठनिक र राजनीतिक रुपमा सुदृढ र सशक्त पार्ने दृढ संकल्प व्यक्त गर्दछौँ ।
अन्त्यमा, आउँदै गरेका सम्पूर्ण चाडपर्वहरुका अवसरमा सवैमा हार्दिक शुभकामना प्रकट गर्र्दै यस पत्रकार भेटघाट कार्यक्रममा उपस्थित संचारकर्मी लगायत सवैलाई हार्दिक धन्यवाद प्रकट गर्दछौँ ।

हितराज पाण्डे
(अध्यक्ष)

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top