fbpx

नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष रमेश कुमार श्रेष्ठको निधन

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष रमेश कुमार श्रेष्ठको निधन भएकाे छ। सफल उद्यमी तथा समाजसेवी रमेश कुमार श्रेष्ठको २०८० साल असार १३ गते बुधवारका दिन दुःखद देहावसान भएको हाे । तत्कालिन संघलाई महासंघमा परिणत गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका श्रेष्ठ वि.सं २०५३ साल असार देखि २०५५ साल पौष महिनासम्म महासंघको अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।

महासंघको विकास र प्रगतिका लागि अहोरात्र खटिनुभएका उहाँको सक्रियतामा काठमाडौंमा सार्कस्तरीय सेमिनार तथा सार्क मुलुकमा उत्पादित वस्तुहरुको औद्योगिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको थियो । विराटनगरमा स्थायी बसोबास रहेको उहाँकै नेतृत्वमा महासंघको सातौं वार्षिकोत्सव इतिहासमै भव्यताका साथ आयोजना हुन पुगेको थियो ।

उहाँको सवल नेतृत्वमा तत्कालिन अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँग सम्बन्ध अभिबृद्धि गरी लघु, घरेलु तथा साना र महिला उद्यमीहरुको पक्षमा व्यापक कार्यक्रमहरु सञ्चालन हुन सकेको थियो भने महासंघलाई देश विदेशमा परिचित गराउन समेत उहाँको सवल नेतृत्व सफल भएको थियो ।

उहाँको निधनबाट महासंघको संस्थागत विकासमा समर्पित एउटा सफल अभिभावक गुमाउनु परेको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताउनुभयो । यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै शोक मनाउने सिलसिलामा उहाँको सम्मानमा असार १५ गते शुक्रबार महासंघ केन्द्र, प्रदेश, जिल्ला तथा पालिका समितिका कार्यालयहरु एक दिनका लागि बन्द गरिने र महासंघको झण्डा आधा झुकाइने महासंघले जनाएको छ ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक