fbpx

‘राजनीतिक परिवर्तनपछि राजनीतिक पार्टीहरुले पूरा गर्नुपर्ने थुप्रै दायित्वहरु छन्’:-गोपीबहादुर सार्की

author

समाचारपाटी

२ महिना अगाडि

राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की अछामीले सबै राजनीतिक दलहरुले जनताको आशा, विश्वास टुट्न नदिकन काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्रको स्थिति र जनताको अपेक्षा, राजनीतिक परिवर्तनपछि राजनीतिक पार्टीहरुले पूरा गर्नुपर्ने थुप्रै दायित्वहरु बाँकी नै रहेको जिकिर गर्नुभयो । उहाँले सरकारले बजेटअघि सिद्धान्त र प्राथमिकताबारे बहस, छलफलको चरण अघि बढाएको भन्दै नीति निर्माणमा जनतालाई उत्साहित गर्ने खालको र जनताको विश्वास र आशा जित्ने खालको बनाएर जान आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार र समीकरण बदलिएको छ । देशको अर्थतन्त्रको स्थिति र जनताको अपेक्षा, राजनीतिक परिवर्तनपछि राजनीतिक पार्टीहरुले पूरा गर्नुपर्ने थुप्रै दायित्वहरु छन्, चुनौतिहरु हाम्रा सामु छ । यि चुनौति सामना गर्न हामीले राष्ट्रिय सभामा, सबै राजनीतिक दलमा र प्रतिनिधि सभामा पनि सबैले नै जनताको आशा, विश्वास टुट्न नदिकन हामीले एकतावद्ध ढंगले एकरुपताका साथ जानुपर्ने चुनौति र आवश्यकता छ । नयाँ बनेको सरकारले बजेटअघि सिद्धान्त र प्राथमिकताबारे बहस, छलफलको चरण पनि छ । नीति निर्माण गर्दा, जनतालाई उत्साहित गर्ने खालको, जनताको विश्वास र आशा जित्ने खालको बनाएर जानुपर्छ ।’ उहाँले परिवर्तनको बीचबाट नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन