fbpx

१ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ

author

समाचारपाटी

४ घन्टा अगाडि

नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महारष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका वर्ष १८ का प्रकाश विभूती र गणेशसतिस बाल्टे रहेको डिएसपी सुरक्षा केसीले बताउनु भयो । त्यस्तै उहाँले पक्राउ पर्नेहरुमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘जिल्ला काठमाडौं कामनपा वडा नम्बर २४ दुच्छेनली टोलमा केही व्यक्तिहरुले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपछि यस कार्यालयबाट खटिएको टोलीले खोजि गर्दै जाँदा जिल्ला दार्चुला महाकाली नगरपालिका वडा नम्बर ३ टाटे बस्ने वर्ष ४७ को गणेशदत्त बडूसहित ७ जना व्यक्तिहरुलाई सुन जस्तै देखिने पहेँलो धातुको टुक्राहरु ९ थान तौल जम्मा १ हजार ७६८.२५ ग्राम र नगद एक करोड ४३ लाख ६० हजार रुपैयाँ सहित बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी निजहरुलाई पक्राउ गरिएको । पक्राउ पर्ने व्यक्तिहरु गणेशदत्त बडू, उमेर ४७, दार्चुला, टाटे नगरपालिका ३ । अमल विभूती, ३७ वर्षका, भारत महारष्ट्र सांगली,८ पाइथाना । ऋषिकेश प्रकाश विभूती, १८ वर्ष, भारत महारष्ट्र सांगली,८ पाइथाना । गणेशशतिस बाल्टे, उमेर वर्ष १८, भारत महारष्ट्र सांगली,८ पाइथाना । दिनेश खरेल, वर्ष ३० झापा बिर्तामोड नगरपालिका ३ । आयुष बडू, उमेर २१, दार्चुला, टाटे नगरपालिका ३ । भरतराज खरेल, उमेर २२, झापा बिर्तामोड नगरपालिका ३ । बरामद भएको नगद तथा सुन जस्तो पहेँलो पदार्थ नगद जम्मा १ करोड ४३ लाख ६० हजार । पहेँलो पदार्थ एक हजार ७६८.२५ ग्राम ।’


बिहीवार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन