fbpx

आगलागिको घटना हुन नदिन सरकारले उचित कदम चाल्नुपर्छः मुस्लिम आयोग

author

समाचारपाटी

२ हप्ता अगाडि

मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले डढेलो नियन्त्रणको लागि गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभएको छ  ।


देशभर आगलागिको घटना बढिरहेको बेला उहाँले त्यसको नियन्त्रणका लागि गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष अन्सारीले आगलागि हुन नदिनका लागि सावधानी अपनाउन पनि सर्वसाधारणलाई अपिल गर्नुभयो । सुनसरीलगायतका जिल्लाहरु आगलागिबाट ठूलो जनधनको क्षति भइरहेको उल्लेख गर्दै उहाँले त्यसो हुन नदिनका लागि आगो र अन्य प्रज्वलनशील सलाई, लाईटर लगायतका सामग्रीहरुको उचित व्यवस्थापन गर्न पनि सबैलाई आग्रह गर्नुभयो । दैनिक क्रियाकलापले जलवायु परिवर्तनको असरलाई बढावा दिने काम गर्न नहुनेतर्फ पनि सबैले सचेत बन्नुपर्ने अध्यक्ष अन्सारीको भनाई थियो । 

अध्यक्ष अन्सारीले भन्नुभयो, ‘अहिले जलवायु परिवर्तनको मारमा हामी सबै परेका छौँ । कारण के हो भने हाम्रो दैनिक काम, क्रियाकलापहरुले त्यसलाई थप बढावा दिने काम गरिरहेको छ । यस्तो अवस्थामा जलवायुमैत्री काम गर्न पनि सबैलाई अनुरोध गर्न चाहन्छु । अहिले देशभर नै आगलागि, डढेलोको घटनाहरु भइरहेको हामीले सुन्दै आएका छौं । र यसमा चाँही बढि भन्दा बढी असर र धनजनको नै क्षति भइरहेको छ । यसले थप प्रदुषणको अवस्था पनि बढाएको छ । त्यसकारणले तापक्रम पनि बढिरहेको छ । अहिले हामीले जुन आगलागिको घटनाहरु छन् । हाम्रो दैनिक काममा प्रयोग हुने जस्तो आगोबाटै कतिपय ठाउँमा खाना पाक्छ भने त्यसमा सावधानी अपनाउन पनि जरुरी छ । त्यो सावधानी अपनाउनु र कमसेकम बच्चाहरुको पहुँच भन्दा टाढा जस्ता सलाई, आगो सल्काउने जुन वस्तुहरु छन् । यसलाई बच्चाहरुबाट टाढा राख्न पनि जरुरी छ । गाउँघरमा खासगरी आगोबाट नै पकाएर खानुपर्ने जुन बाध्यता छ । त्यसकारण आगोबाट पकाउने वस्तुबाट खाना पाकेपछि त्यसलाई व्यवस्थित ढंगले आगो निभाएर र खासगरी सलाई, लाईटरहरु केटाकेटीको पहुँचभन्दा बाहिर राख्यो भने चाहीँ हामीले आगलागिबाट सावधानी अपनाउन सक्छौँ । जलवायुले देशभर नै खासगरी तापक्रमको कुरा छ । अहिले हामी हेरौं–क्वीक्ली नै घटनाहरु कसरी अघि बढिरहेका छन् भने कहीँन कहीँ हामी गम्भिर नभएर नै यस्ता घटना  भएका छन् । धेरैजसो ठाउँमा यो आगोबाट डढेलो लाग्नु र यो मात्रै होइन, यसबाट भर्खरै हामीले सुन्यौँ जस्तो अब एउटा ठूलो घटना सुनसरीमा पनि भएको छ । र सशष्त्र प्रहरी क्याम्पमा पनि आगो लाग्यो । यावत कुराहरुलाई हामीले समयमै निराकरण गर्ने र यो घटना हुन नदिनका लागि सरकारले पनि यसमा गम्भिर कदम चाल्नुपर्छ । र बढी भन्दा बढी हामीले सावधानी अपनाउनु पर्छ ।’
त्यस अवसरमा अध्यक्ष अन्सारीले इस्लाम धर्मावलम्वीहरुको पर्व ईद उल फित्र –ईद) को पनि शुभकामना व्यक्त गर्नुभएको छ । सरकारले बिहीवार (आज) सोही अवसर पारेर सार्वजनिक विदा दिएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन