युनाइटेड क्लवद्धारा विभिन्न हस्पिटलमा उपचाररत तीनजना बिरामीलाई आर्थिक सहयोग

पोखरा २७ माघ । शिक्षा, स्वास्थ्य, खेलकुद पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माण गर्न पहलकदमी थाल्दै आएको युनाइटेड क्लवले पोखराको विभिन्न हस्पिटलमा उपचाररत बिरामीहरुलाई आर्थिक सहयोग गरेको छ । सामाजिक काम मार्फत आफुलाई छुट्टै पहिचान बनाउन सफल युनाइटेड क्लवले आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत हालै पोखराको पश्चिमाञ्चल हस्पिटल र गण्डकी मेडिकलमा उपचाररत विरामीहरुलाई आर्थिक सहयोग गरेको हो ।

क्लवको स्वास्थ्य कार्यक्रम अन्तर्गत गण्डकी मेडिकल कलेजमा उपचाररत मानसिक रोगका बिरामी पोखरा लेकसाइडका प्रकाश विक र बिकास बिक र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत म्याग्दी बरम्जाका ९ वर्षिय बालिका दिया फगामीलाई सहयोग गरेको हो । गण्डकी मेडिकल कलेजमा उपचाररत दुइ बिक दाजु भाइको परिवारको आर्थिक स्थिती अति कमजोर रहेको आफुहरुलाई जानकारी भएपछि क्लवको अध्यक्ष सुक बहादुर गुरुङ, कोषाध्यक्ष गणेश तिमिल्सिना, कार्यसमिती सदस्य दिनेश सुनार र अनिल गुरुङ, क्लवका आजिवन सन्तोष कार्की लगायतले विरामीलाई भेटेर उपचार सहयोगार्थ १६ हजार रुपैया प्रदान गरेका हुन ।

त्यसैगरी क्लवले पश्चिमाञ्चल अस्पतालमा उपचाररत म्याग्दीको मंगला नगरपालिका ३ बरम्जाका मन बहादुर फगामी मगर र गौदेवी फगामी मगरको ९ महिने छोरी दिया फगामी मगरको उपचारमा आर्थिक अभाव भएपछि नगद ५ हजार रुपैया सहयोग प्रदान गरेको क्लवको स्वास्थ्य उपसमिती संयोजक सूर्यबहादुर बानियाले जानकारी दिए । उपचार सहयोग रकम बुझ्दै बिरामी दुइ भाइ बिकका आमा लक्ष्मी बिकले आफ्नो श्रीमान १२ वर्षदेखी वेपत्ता रहेको र आर्थिक स्थिती कमजोर भएको अवस्थामा युनाइटेड क्लवको सहयोगले आफुलाई ठूलो गुन लगाएको वताउदै अन्य संघ सस्थाले पनि सहयोग गरिदिन आग्रह गरिन ।

युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले युनाइटेड क्लवले स्थापना कालदेखिनै सामाजिक काममा अग्रसर रहेको र यो आर्थिक वर्षमा पनि तीन जना बिरामीहरुलाई आर्थिक सहयोग गर्न पाउदा आफुहरु निकै खुसी रहेको वताए । आगामी दिनमा पनि यस्ता सामाजिक क्रियाकलापलाई निरन्तरता दिने गुरुङले वताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top