fbpx

अष्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

author

समाचारपाटी

१ year अगाडि

ब्रिसबेन । अष्ट्रेलियाको तेश्रो ठूलो सहर ब्रिसबेनमा नेपथ्यले प्रस्तुति दिएको छ। ब्रिसबेनको प्रस्तुतीसँगै नेपथ्यले अष्ट्रेलियामा यो वर्षका निम्ति प्रस्तावित आठमध्ये तेश्रो सो सम्पन्न गरेको छ।

सबै पुस्ताका दर्शक अटाएको हलमा वृद्धवृद्धादेखि तन्नेरी केटाकेटीसम्म खचाखच थिए। कोही ह्विलचियर गुडाउँदै आइपुगेका देखिन्थे। दर्शक रिना मोक्तानले ब्रिसबेनमा आजसम्म हेरेका व्यवस्थित कन्सर्टमध्येकै आफूलाई यो सबैभन्दा भव्य लागेको प्रतिक्रिया दिनुभयाे। 

‘विदेशमा कार्यक्रम गर्दा सप्ताहान्त परेन भने दर्शक जुटाउन गाह्रो पर्छ भन्ने मान्यता निकै अघिदेखि चल्दै आएको थियो’, नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्नुहुन्छ, ‘ब्रिसबेनमा नेपाली मात्र होइन विदेशी दर्शकको पनि भव्य उपस्थितिले त्यो पुरानो मान्यतालाई पनि तोडिदिएको छ।’

ब्याण्ड र व्यवस्थापनका १३ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउनुभएकाे थियाे। 

‘यति भव्य रुपमा सम्पन्न कन्सर्टको हिस्सा बन्न पाएकामा मेरो सम्पूर्ण टिम खुशीले गदगद भएको छ’, स्थानीय आयोजक टोलीमध्येका सुनील बस्नेतले भन्नुभयाे , ‘दर्शकको उपस्थिति र अत्यन्त सकरात्मक प्रतिक्रियाले यो कार्यक्रमलाई भव्य र सभ्य बनाइदियो।’ अघिल्ला कन्सर्टहरूमा प्रस्तुत गरिएका गीतहरूको सेटलाई नै दोहोर्याइएको ब्रिसबेनको कन्सर्टमा पनि ‘यो जिन्दगानी’ गीत गाउने क्रममा सडक आश्रितहरूका दृश्य  देखाइएको थियो। नेपालस्थित मानवसेवा आश्रमका आश्रितहरूको मन छुने दृश्य समेटेको त्यो भिडियोले धेरै दर्शकको मन छोएको देखिन्थ्यो।

त्यसै क्रममा अमृतले यो सिंगो वर्ष ब्याण्डलाई ‘मानवताको लागि संगीत’को निम्ति समर्पित गरेको उल्लेख गर्दै हालै यसै नाराका साथ नेपालभर गरिएको भव्य यात्राको स्मरण पनि गर्नुभयाे।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने