fbpx

कर्णाली प्रदेशको दुर्गम हुम्लामा विकाससँगै प्रदुषण, मासिँदै कर्णाली सभ्यता

author

समाचारपाटी

१ year अगाडि

कर्णाली प्रदेशको दुर्गम हिमाली हुम्लामा सडक पूर्वाधारको बिस्तारसँगै प्रदुषण बढ्न थालेको छ ।
सडक पूर्वाधारको विकास र बिस्तार भएसँगै कर्णाली नदी प्रदुषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो । कर्णाली करिडोरको सडक बिस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया गाविस र गोठी गाविसमा मानिसहरुका साथै बाहिरी जिल्लाबाट बसाइँ सरेर सडक छेउछाउमा बस्न आउने क्रम पनि बढ्न थालेको छ । साँयाका ४ वटा गाँउका मानिसहरुको दैनिक उपोभोग गर्ने सामानहरुको मुख्य बजार भएका कारण पनि सर्केगाडमा बजार बिस्तारको क्रम बढेको हो ।

बजार बिस्तारको क्रम बढ्न थालेसँगै कर्णाली नदी पनि दुषित हुन थालेको छ । बजारबाट निस्किने फोहोर तथा ढल कर्णाली नदी किनारमा फाल्ने र नदी छेउछाउ खुला शौच गर्ने क्रम बढेका कारण कर्णाली नदी दुषित बन्दै गएको भन्दै स्थानीयहरुले दुखेसो पोखेका छन् । कर्णाली करिडोर निर्माण हुनुअघि यहाँका मानिसहरु कर्णालीकै पानी पिउने गर्दथे । तर, करिडोर निर्माणसँगै बस्ती विकासको क्रम बढ्दा नदी दुषित हुन थालेपछि कर्णालीको पानी नुहाउन, लुगा धुन तथा भाडा माझ्न मात्रै प्रयोग गर्न थालिएको स्थानियवासी बताउँछन् । स्थानीय रेलकला शाहीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शौचालयको ढल, खानेपानीको ढल निकासी गर्ने क्रम कर्णाली नदीमा बढेसँगै नदी प्रदुषित हुन पुगेको बताउनु भयो । उहाँले कर्णालीमा फोहोर बढ्दा पानी पिउन योग्य नरहेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय भीमबहादुर सिंहले कर्णाली नदीको छेउछाउमा बस्तीहरु बढेसँगै फोहोर बढेकाले पानी पिउन योग्य नरहेको बताउनु भयो । मृत पशुचौपायाहरु पनि नदीमा नै फाल्ने गर्दा नदी अत्याधिक दुषित भएको बताउनु भयो ।  

कर्णाली करिडोरको सडक बिस्तारसँगै विकासको धमिलो बाछिटा हुम्लाको पर्यावरणमा देखिन थालेको विषयमा भने स्थानीय सरकार अनविज्ञ देखिएको छ । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) कर्णाली नदीमा बजारको फोहोर फाल्ने गरेको विषयमा आफू जानकार नरहेको भन्दै अब बजार अनुगमन गरेर नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने बताउनुहुन्छ । उहाँले ढल निकासी नदीमा गर्नु नराम्रो भएको भन्दै आफैँले उपभोग गर्ने पानीमा ढल मिसाउनु सरासर गलत भएको बताउनु भयो । 

करिडोर अन्तर्गत यातायात सुचारु भएका हुम्ला जिल्लामा मात्रै नभई बाजुराका विभिन्न स्थानमा भएका बजारबाट निस्किने फोहोर पनि कर्णाली नदी किनारमा फाल्ने गरिएको छ । बाजुराका पर्यटन व्यवसायी जनेश भण्डारीले कर्णाली नदी संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै नदीको पानी कैलाश जलको रुपमा उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नदीको संरक्षण नगर्ने हो भने भविष्यमा पहाडी क्षेत्रका बासिन्दाहरुले पानी पिउन नपाउने स्थिति सिर्जना हुने बताउनु भयो । उहाँले कर्णालीको पानी पानी उद्योगको रुपमा विकास गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले भविष्यमा मानव सभ्यता जोगाउने भुमिका कर्णालीले खेल्ने पनि बताउनु भयो । 

यता, कर्णाली करिडोरमा यातायात सुचारु भएसँगै हुम्ला जिल्लाको आन्तरिक उत्पादन पनि लोप हुन थालेको छ । यहाँका स्थानियहरु आन्तरिक उत्पादलाई प्रयोग गर्ने भन्दा पनि नेपालगञ्ज, रुपडिया लगायत तराईका जिल्लाबाट आयात गरी उपभोग गर्न थालेका कारण पनि आन्तरिक उत्पादन लोप हुन थालेको हो । स्थानीय प्याराजंग शाहीले यातायात सुचारु हुँदा स्थानीयहरु काम गरेर खाने भन्दा पनि किनेर खानेमा निर्भर हुने गरेको बताउनु भयो । हुम्लाको उत्पादनले बाहिरका बजारलाई बिस्थापन गर्नुपर्नेमा बाहिरका सामग्रीहरुले स्थानीय बजार बिस्थापन गरेको बताउनु भयो । बाहिरको सामग्रीलाई रोक्नको लागि भण्डारण केन्द्रको आवश्यक्ता रहेको बताउनु भयो । त्यस्तै आन्तरिक पर्यटक दीपक आचार्यले विकाससँगै विकृति पनि भित्रिरहेको महशुस गरेको बताउनु भयो । उहाँले विकासले स्थानीय उत्पादनहरु लोप हुँदै गएको बताउनु भयो । उहाँकाअनुसार हुम्लामा पछिल्लो समय बढ्दो शहरीकरण, स्थानीय उत्पादनमा ह्रास र परनिर्भरता बढ्दै गएको छ ।  

कुल क्षेत्रफल मध्ये ४ हजार २ सय ६७ हेक्टर खेतीयोग्य जमिन रहेको हुम्ला जिल्लामा कोदो, फापर, चिनो, कागुनो, नाफल, चुली, मकै, सिमी, उवा, जौ, मासी धान, आलु, खामु, स्याउ लगायत अन्नबाली र फलफूल उत्पादन हुँदै आएपनि सडक बिस्तारका कारण परनिर्भरता बढेको छ । यसरी खाद्य आयत निरन्तर बढ्दै गए हुम्ला जिल्ला लगायत आसपासका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक देखिने प्रायः निश्चित छ । यसका लागि राज्यका सम्बन्धित निकायले बैलैमा ध्यान दिन जरुरी देखिन्छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक