“सडक छेउका ऐनाको दुरुपयोग र बढ्दो सडक दुर्घटना”

नवलपरासी,५ माघ l महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडकखण्ड अन्र्तगत दुम्किबास दाउन्ने हुँदै बर्दघाटमा पर्ने त्रिबेणी चोक सम्मको ठूला र साँघुरा घुम्तिहरुमा केही समय अगाडी आधुनिक ऐना जडान गरिएको थियो । ठूला र साँघुरा घुम्तिहरुमा राखिएका ऐना हरुमा दुबै दिशा बाट आउने जाने सबारी साधनहरु प्रष्टरुपमा देख्न सकिन्थ्यो । ऐनाकै कारण सबारी दुर्घटनामा उल्लेख्य कमी आएको थियो । सडकका दुबै भित्ता तथा किनाराहरुमा जडान गरिएका ऐनाहरुले गर्दा सबारीको चाप र दुर्घटना हुनबाट जोगाएको त थियो नै छिटफुट रुपमा यात्रा गर्ने मानिसहरु तथा पशुचौपायाहरु सडकमा रहे नरहेको बारे ऐनाबाटै प्रष्टरुपमा थाहा पाउन सकिन्थ्यो ।


ठूला घुम्ति र साघुँरा सडक लाई मध्यनजर गर्दे केही समय अगाडी जडान गरिएका सडक किनाराका ऐना हरु अहिले पुरानै अवस्थामा देख्न त पाईदैन नै कहाँनेर थियो, भनेर अहिले अडकलबाजी समेत गर्न सक्ने अवस्था छैन् । उक्त सडक खण्ड अन्र्तगतका बिभिन्न दुर्घटनाग्रस्त क्षेत्र तथा सम्भाबित दुर्घटना ग्रस्त क्षेत्रहरुलाई मध्यनजर गर्दे प्रति ऐना बिस हजार लागत पर्ने ५० वटा आधुनिक खालको ठुलो सडक ऐना जडान गरिएको थियो । उक्त सडक ऐना जडान गरेको केही हप्ता सडकमा गुड्ने सबारी तथा यात्रुहरुले पनि केही भिन्न खालको अनुभव महशुस पक्कै नगरेका होलान भन्न सकिन्न् । सडक किनाराका यि ऐनाहरुले सबारी दुर्घटना न्यूनीकरण गर्ने सबैको अभिलाशा थियो । तर ऐना जडान गरेको एकाध महिना नबित्दै सडक किनारका ऐना हरु सबारी दुर्घटनाको सिकार बनेका छन भने केही ऐना हरु पहिरोले गर्दा अस्तव्यस्त अवस्थामा सडक किनारमै लडी मर्मतको प्रतिक्षामा सडकमा हिँड्ने हामी र सबारी साधन तथा सडक बिभागलाई गिज्ज्याईरहेको जस्तो गरी लडिरहेका छन् । अधिकांश ठाँउमा भने ऐना हरु फुटाईएका, चोरीएका, कुच्च्याईका, प्वाल पारेको, प्रयोगमै नआउने गरी फुटाएर नष्टै गरिएको छ भने कुनै ऐनाहरु भने सडकको बिपरीत दिशा तर्फ कुच्चिएर बेवारिसे भएका छन् । ५० वटा जडान गरिएका सडक ऐना अहिले ५ वटा पनि सकुसल पुरानै अवस्थामा भेट्न नसक्नु बिडम्बनाको कुरा हो ।

पूर्ब मेचि देखि पश्चिम महाकाली जोड्ने एक मात्र राजमार्ग हो महेन्द्र राजमार्ग । यही सडकको आडभरोसा गरेर दिनानुदिन हजारौँ यात्रुहरु यात्रा गरिरहेका छन् । सबैको ईच्छा र कामना समयमै शकुसल आरामदायी यात्रा गरेर गन्तव्यमा पुगौँ भन्ने हो । तर ठूला लक्ष्य, अभिलासा तथा महत्वपूर्ण जिम्मेवारी बोकेर यस राजमार्ग प्रयोग गरी हिड्ने यात्रुहरुको यात्रा सोचेजस्तो भने पक्कै छैन् । जाखिमपूर्ण र साँघुरो सडक अन्र्तगतको दाउन्ने सडकमा बढ्दो सबारी चापले गर्दा सडकको अवस्था जिर्ण हुँदै गएको छ । धेरै ठाँउमा सडकमा ठूला खाल्डाखुल्डीहरु छन् ।

श्रावण को अन्तिम हप्ता दाउन्ने सडकमा गएको पहिरो लाई केही समय त सरसफाई गरेर सबारी सुचारु गरियो तर केही ठाँउमा सडक अझै पनि पूर्ण रुपमा सफाई गरिएको छैन् । सडकमा झरेको पहिरो लाई पन्छाउने कार्य सम्पन्न नगर्दा र सडकलाई केही मात्रामा चौडा नबनाउदा हाल पनि कतिपय ठाँउमा वान वे बाटो हिड्नुपर्ने अवस्था छ सले गर्दा लामो समय सम्म आफनो पालो कुरेर सबारी आवागमन भैरहेको छ । समयमै उक्त पहिरो लाई पूर्ण रुपमा हटाउन र उक्त ठाँउमा सडक चौडा पारेर दुईतर्फी सबारी संचालन गर्न सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ । दिनानुदिन गुड्ने सबारी साधन हरुको चापले गर्दा खाल्डाखुल्डी छलेर निर्धक्क सँग सबारी चलाउन तथा आफनो लेनमा हिड्न सक्ने अवस्था छैन् । सडकका छेउछाउमा बिग्राीएका तथा दुर्घटना भएका सबारी साधनको कारणले सडकहरु धेरै ठाँउमा वान वे भएको सबैले देखे भोगेको कुरा हो । न त सडक छेउछाउका सडक ऐना नै पुरानै अवस्थामा छन् न त पूर्ण रुपमा खाल्डाखुल्डी पुरिएको नै न त दुर्घटना परेका सबारी समयमै उठाईएका छन् ।


लामो समय सम्म सडक आवागमन अवरुद्ध भयो । लगातारको बर्षा ले गर्दा सडक भाषिनुको साथै पहिरो ले सडक उक्त सडकमा घट्ने बढ्दो दुर्घटना न्यूनीकरण गर्नका लागी सडक ऐनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अहिले ति ऐना पुरानै अवस्थामा नभएको कारण सबारी दुर्घटना न्यूनीकरण गर्ने भन्दा पनि दुर्घटनाको लागी प्रशय दिए जस्तो अवस्था छ । यही राजमार्ग प्रयोग गरेर दैनिक गुड्ने सबारी साधनमा हामी पनि यात्रा गरिरहेका हुन्छौँ । सडक दुर्घटनाको सिकार भोली हामी नि नहौला भन्न सकिन्न तर हाम्रै शुरक्षा र चेतनाको लागी जडान गरिएका सडकका ऐनाहरुको हामी बाटै यसरी संरक्षण भएन भने यसले सडक दुर्घटना र अकालमा मृत्यु ननिम्त्याउला भन्न सकिदैन ।
सचेत र शिक्षित नागरीकहरु बाटै यस्ता किसिमका घटना घट्नुु दुःखको कुरा हो । जँगलमा घाँसदाउरा गर्न जाने व्यक्ति देखि लिएर पैदल यात्रुहरु तथा स्थानिय सचेत नागरीक हरुले यसको संरक्षण गर्नु तथा खबरदारी गर्नु जरुरी छ । यो तपाई हाम्रै सम्पत्ति हो । हामी सबैको श्रम र पसिना परेको छ । यसको संरक्षण समयमै गर्ने हो भने तपाई हामै्र बुवाआमा दाजुभाई दिदीबहिनीहरुको ज्यान बच्न सक्दछ । यस्ता खालका बिकृती र घटनाहरु नघटाउन र नदोर्याउन सम्बन्धित निकायले खबरदारी गनेर्, अनुगमन गर्ने तथा सडकको अवस्थाको बारेमा निगरानी बढाउने र समयमै सडक मर्मत गर्ने कार्यमा ढिलाई भने पक्कै गर्नु हुँदैन् । सडकको मर्मत समयमै नगर्ने ठेकेदार कम्पनी तथा सडक छेउछाउका ऐनाको चोरी गर्ने, फुटाउने जस्ता घटनामा संलग्न व्यक्तिलाई कारबाही नगरेसम्म न त सडक किनारका ऐना पुरानै स्वरुपमा देख्न पाउनेछौँँ न त दुर्घटना न्यूनीकरण नै । तसर्थ समयमै सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।

प्रकाश भण्डारी “बिबेक”
गैँडाकोट २ नवलपरासी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित