fbpx

हिमचितुवाको फोटो खिच्ने फोटोग्राफर टासी आर घलेलाई फाटोग्राफर संघ गण्डकीद्धारा सम्मान

author

समाचारपाटी

१ year अगाडि

तनहुँ । अती दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमाचर्चित नेपालका वाइल्डलाइफ
फोटोग्राफर टासी आर घले फोटोग्राफरहरुकै संस्था फाटोग्राफर संघ गण्डकीद्धारा सम्मानित हुनुभएकाे छ । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाई सक्नुभएका चर्चित ब्यक्तित्वघलेलाई ब्यास न.पा. तनहुँको तनहुँ सुरमागण्डकी फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सम्मानकार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा प्रसादपौडेलले दोसल्लाओढाई सम्मान पत्र सहित सम्मान गर्नुभएकाे हाे ।

कार्यक्रममा टासी आर घलेले दुर्लभ बन्यजन्तु त्यसमाथी पनि अत्यन्त कठिन हिमाली क्षेत्रमा रहने हिउचितुवाको तस्वीर खिच्नका लागी एक फोटोग्राफरका नाताले गरेका संघर्ष र त्यसबाट पाएको उपलब्धीबारे चर्चा गर्नुभएकाे थियाे । ब्यास न.पा. तनहुँको तनहुँसुर देवस्थल सामुदायिक होमस्टेमा भएको सो कार्यक्रममा गण्डकी प्रदेशका बिभिन्न जिल्लाका फोटोग्राफरहरुको उपस्थिती रहेको थियो ।

स्थानिय ब्यवस्थापन फोटोग्राफर एसोसियसन तनहुँले गरेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीराम सुबेदीले गर्नुभएका थियाे । फोटोग्राफर संघ गण्डकीको आयोजनामा भएको सो कार्यक्रममा उपस्थित सहभागीहरुले तनहुँसूर ऐतिहासिक दरबार, गढी र सहिदस्मारक पार्क लगायत पुरानो हटिया बजारको बदलिदो स्वरुपबारे पनि अवलोकन गर्नुभएकाे थियाे । सोहीदिन तनहुँ फोटोग्राफर एसोशियसनले आयोजना गरेको फोटोग्राफरहरुका लागि फोटोपत्रकारिता प्रशिक्षण कार्यक्रममा पनि सञ्चालन भएको थियो ।

गण्डकी प्रदेशका लमजुड., मनाड., पर्वत, कास्की र तनहुँका फोटोग्राफरहरु संलग्न रहेको सो फोटोग्राफरका लागि फोटो पत्रकारिता तालिम कार्यक्रममा पत्रकार घनश्याम पौडेलले प्रशिक्षण दिनुभएकाे थियाे । साथै नेपाल फोटोपत्रकार संघ कास्कीका अध्यक्ष समेत रहनुभएका फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले समेत आफ्रनो फोटो पत्रकारिताका अनुभव आदनप्रदान गर्नुभएकाे थियाे । २ दिन संम्म चलेको सो कार्यक्रममाअन्य सम्मानका कार्यक्रम लगायत यस क्षेत्रका फोटोग्राफरहरुलाई आगामीदिनमाआफ्नो पेशा तथा ब्यक्तित्व बिकासमा के कसो गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।

स्थानिय तनहूँसुरको देवस्थल सामुदायिक होमस्टे र त्यसले गाउँलेमा पारेको प्रभावबारे होमस्टेका अध्यक्ष मदन आलेले प्रकास पार्दै होमस्टे सञ्चालन अगाडी गाउँघरको सरसफाई र चेतनामा होमस्टे सञ्चालन पछि आएको परिर्वतनले धेरै प्रभाव पारेको बताउनुभएकाे थियाे । कार्यक्रममा लमजुड. फोटोग्राफर संघका अध्यक्ष मिलनशर्मा दनाइ, मनाङ फोटोग्राफर संघका अध्यक्ष नविन लामिछाने अंकुर, पर्वत फोटोग्राफर संघका अध्यक्ष नारायण बहादुर के सी, पोखरा फोटोग्राफर संघका अध्यक्षरामचन्द्र पोख्रेल, फोटोग्राफर एशोशियशनतनहुँका अध्यक्ष आलोक कुमाल, मिराज विडिड. फोटोग्राफी एवार्डका संस्थापक भक्ततामाड. साथै स्थानिय कार्यक्रम ब्यावस्थापक तथा तनहूँ फोटोग्राफर संघका भूपू अध्यक्ष बलभद्र श्रेष्ठ, फोटोग्राफर एशोशियशन
तनहुँका सल्लाहकार कुमारमोहन श्रेष्ठ लगायतले आफनो मन्तब्य राख्नुभएकाे थियाे ।

सोहि कार्यक्रममा तनहुँ फोटोग्राफर एशोसियसनले तनहुँका अग्रज फोटोग्राफर बालकृष्ण श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने