fbpx

बागलुङमा मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइयाे

author

समाचारपाटी

१ year अगाडि

बागलुङ । बागलुङ बजारको मानव वस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ। बुधबार बिहान बागलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा पसेको चितुवालाई डिभिजन वन कार्यालय बागलुङ र प्रहरीको टोलीले नियन्त्रणमा लिइएको हो। 

खड्का परिवारले चितुवालाई घरभित्रै पसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी र डिभिजन वन कार्यालयको टोली उक्त घरमा पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको अवस्थामा भेटिएको डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले बताउनुभयाे। 

‘बुधबार बिहान ९:३० बजे घरभित्र चितुवा पसेको देखेपछि रामु खड्काले प्रहरीमा खबर गर्नुभएको थियो,’ अधिकृत अधिकारीले भन्नुभयाे, ‘प्रहरीले हामीलाई खबर गरेपछि त्यहाँ पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको थियो।’

अधिकृत अधिकारीले चितुवा घरभित्र पसेपनि कसैलाई आक्रमण नगरेको बताउनुभयाे। उहाँले बिहान उज्यालो भएपछि जंगलबाट गाउँ पसेको चितुवाले सुरक्षित बासस्थानको खोजिमा घरमा पसेको अनुमान गरिएको बताउनुभयाे। 

चितुवालाई डिभिजन वन कार्यालयसँग रहेको सामान्य काठको खोरमा राखेर सुरक्षित तरिकाले घरबाहिर निकालिएको अधिकारीले बताउनुभयाे। उहाँले नियन्त्रणमा लिइएको चितुवा वन कार्यालयको परिसरमा राखिएको र बुधबार साँझ जंगलमा लगेर छोडिने बताउनुभयाे।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन