fbpx

आत्महत्या दुरुत्साहनको कसूरमा नर्सअनुमाकाे परिवारले दियाे सुजन ढकालविरुद्ध किटानी जाहेरी

author

समाचारपाटी

१२ महिना अगाडि

वीर अस्पतालमा कार्यरत नर्स अनुमाको मृत्यु प्रकरणमा परिवारले डाक्टर सुजन ढकालविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी परेको छ । प्रहरी वृत्त, बालाजु पुगेर डा. ढकाल र ढकालका बाबुविरुद्ध परिवारले जोहरी दर्ता गराएको प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजित कुँवरले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘घटनाबारे विस्तृत अनुसन्धान प्रहरीले गरिरहेको छ ।’ शव त्रिवि शिक्षण अस्पतालमा छ । भरतपुर महानगरपालिका–१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा। ढकालको कोठामा शनिबार मृत अवस्थामा फेला पर्नुभएकाे थियाे ।

वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत अनुमान मृत भेटिएको स्थानबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको थियो ।

प्रहरी अधिकृतहरुका अनुसार नोटमा विवाह नभएको विषय उल्लेख गरिएको छ । पारिवारिक स्रोतका अनुसार डा ढकाल र श्रेष्ठ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । यसबारे परिवारलाई पनि जानकारी थियो र आउजाउ भइरहने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय श्रेष्ठले विवाह गर्न पटकपटक भन्दा ढकालले नमान्ने गरेको पाइएको प्रहरीले जनाएको छ । डा ढकाल कोशी अस्पताल विराटनगरमा कार्यरत हुनुहुन्थ्याे ।

पछिल्लो केही समययता नर्स श्रेष्ठ मानसिक समस्यामा रहेको अस्पताल स्रोतले जनाएको छ । उहाँ औषधि सेवन गर्दै मनोसामाजिक परामर्श पनि गराइरहनुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक