fbpx

सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति दीपकबहादुर सिंह

author

समाचारपाटी

४ हप्ता अगाडि

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण व्यवसायीहरुले भागेको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ । 


शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै सभापति सिंहले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले निर्माण व्यवसायीहरुले भुक्तानी,आयोजनाका माद थप जस्ता अन्य समस्याहरु भोग्दै आएको भन्दै सरकारकाले तत्काल समाधान गरी सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि उद्योगी व्यवसायीहरुको भरोसा रहेको भन्दै प्रधानमन्त्रीले तत्काल समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुरानो गठबन्धनमा प्रधानमन्त्रीलाई काम गर्न अफ्ठ्यारो भएकाले केही समस्या आएको भन्दै अहिले नयाँ समिकरणमा काम गर्न सहज भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री एकतिर र अर्थमन्त्री अर्कोतिर भएकाले निर्माण व्यवसायीहरुको समस्या समाधान हुन नसकेको भन्दै अब सहज रुपमा हुने विश्वास लिएको बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरको ६० अर्ब रुपैयाँ तत्काल भुक्तानी दिन सक्नुपर्ने बताउनु भयो । सिंहले निर्माण उद्योगलाई चलायमान बनाउनको लागि बैंकको ब्याजदर घट्न आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘विगतको सरकारमा गढबडी भएको थियो । मिल्दै नथियो । प्रधानमन्त्री एकतिर फर्कने,अर्थमन्त्री अर्कोतिर फर्केर कुखुराले ओथारो बसेजस्तो बस्ने । मिलेको थिएन । अहिले जोड मिलेको छ । प्रधानमन्त्री र अर्थमन्त्री एउटै पार्टीको हुनुहुन्छ । मलाई विश्वास छ । अब निर्माण व्यवसायीहरुको समस्या समाधान तत्काल हुनेछ । अहिले ६० अर्ब बढी निर्माण व्यवसायीहरुको रकम भुक्तानी सरकारले दिइरहेको छैन । बैंकको ब्याजदर पनि घटाउनु पर्छ । विद्यार्थी युवाहरु विदेश पलायन भइसके । एसइई पास गरेकाहरु खाडी गइसके । देश निर्माण गर्न उद्योगीहरु बाहेक कोही छैन । उनीहरुलाई पनि पलायन हुनबाट रोकौं । कयौं उद्योगहरु आत्महत्या गरिरहेका छन् । व्यवसायीहरुको समस्या समाधान गर्नुपर्छ ।’

उहाँले सरकारले युवा विद्यार्थीहरु सबै विदेश पलायन भएको र उद्योगी व्यवसायी मात्रै स्वदेशमा रहेकाले उद्योगी व्यवसायीहरुलाई पनि विदेश पलायनबाट रोक्न जरुरी रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक