fbpx

‘सुन होस् की सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छः सासद डा. प्रकाशशरण महत’:

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली काँग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताउनुभएको छ । 

संसद भवन परिसरमा सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरुले कानूनी शासनको पालना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि प्रश्नहरु उठ्यो भने गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनु भयो । उहाँले सुन प्रकरणको बारेमा वा सहकारी हिनामिना प्रकरणबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा छाैँ । कुनैपनि सार्वजनिक जीवनमा रहेका जो कोहीले पनि यो जुन मूल्य र मान्यता छ, कानूनी शासनको व्यवस्था जुन छ, त्यो उच्च मर्यादालाई हामी सबैले पालना गर्नुपर्छ । जुनसुकै विषयमा सार्वजनिक पदमा जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि प्रश्नहरु उठ्छ, अनुसन्धानले केही समस्या देखाउँछ भनेदेखि त्यसको गहिराईमा पुगेर निष्पक्ष अनुसन्धान हुनुपर्छ । अनुसन्धानले जे निस्कर्ष निकाल्छ, त्यसको स्वीकार सबैले गर्नुपर्छ । हामी के चाहन्छाँै भने जुनसुकै विषयमा अनुसन्धान होस् । चाहे सहकारीको विषय होस्, सुनको विषय होस्, अन्य विषय होस् । जो व्यक्तिहरु सार्वजनिक जीवन वा बाहिर हुनुहुन्छ, उहाँहरुको संलग्नता देखिन्छ भने कानूनको परिधिमा आउनुपर्छ । जसको बारेमा प्रश्न उठ्छ, जुन विषय अनुसन्धानको घेरामा छ । जुन निकायमा रही रहँदा त्यो अनुसन्धानमा सम्झौता हुने अवस्था हुन्छ, त्यसमा प्रश्न स्वभाविक रहन्छ ।’
उहाँले सार्वजनिक जीवन व्यतित गरिरहेका व्यक्तिहरुमा अनियमितताको प्रश्न उठेको खण्डामा कानूनको दायरामा आउनुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक