fbpx

ताप्लेजुङमा पहिरोमा परि बाबुछोराको मुत्यु

author

समाचारपाटी

१0 महिना अगाडि

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छोराको मुत्यु भएको छ । एक जना घाइते भएका छन् । पहिरोमा परि केशरबहादुर राई र उहाँका छोरा सुरेश राईको मुत्यु भएको हो । यस्तै, राजकुमार राई घाइते हुनुभएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

पहिरोमा बेपत्ता हुनुभएका केशरबहादुर मृत भेटिनुभएको र घाइते हुनुभएका सुरेशको उपचार लागि लैजाँदै गर्दा मुत्यु भएको हो । घाइते राजकुमारलाई उपचारका लागि अस्पताल लैजान समस्या भइरहेको लिम्बूले बताउनु भयो।

यस्तै, शनिवार राति गएको पहिरोमा परि बेपत्ता भएका मेहेलेका एकै घरका तीन जना अझै सम्पर्कविहीन छन् । मेहेले भालुखोपका भगिमायाँ बुढाक्षेत्री, उहाँकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ज्वल बुढाक्षेत्री पहिरोमा बेपत्ता भएका हुन्। निरन्तर वर्षा भइरहेका कारण बेपत्ताहरुको खोजी गर्न समस्या भएको लिम्बूले बताउनुभयो । पहिरोमा बेपत्ता भएका मेहेले भालुखोपका गणेश तामाङको भने शव फेला परिसकेको छ ।

मेहेलेमा शनिवार बेलुकादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । यहाँका प्रायजसो सबै स्थानीय आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँमा पनि वर्षा भइरहेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् ।

ताप्लेजुङको मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । मेहेलेमा मात्रै पहिरोले छ वटा घरमा पूर्णरुपमा क्षति पुर्याएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक