पोखरा विश्वविद्यालय कर्मचारी संघको ध्यानाकर्षण

समाचारपाटी, पोखरा, २३ कार्तिक । पोखरा विश्वविद्यालय कर्मचारी संघले विश्वविद्यलायमा प्रध्यापकले लगाएको तालावन्दी प्रती ध्यानाकर्षण गराएको छ । कर्मचारी संघका अध्यक्ष शिवराज पण्डित द्धारा हस्ताक्षर गरीएको विज्ञप्तीमा प्रध्यापकहरुले विश्वविद्यालयवाट सम्वन्धन वाड्ने काममा आफूले नै हस्ताक्षर गर्ने र आफैले विरोध गर्ने परिपाटीको विरोध समेत गरेका छन् ।
प्राध्यापकले सेमिस्टार भर २ महिना पढाएर ६ महिनाको तलव लिने गरेको आरोप समेत लगाएका छन् । संघले सवै प्राध्यापहरुले समेत १० वजे देखी ५ वजे सम्म विद्यालयमा रहनु पर्ने माग समेत राखेका छन् । साथै विभिन्न माग राखी प्रध्यापकले विश्वविद्यालय योजना आयोगमा लगाएको ताला खोली वार्ताका माध्यमवाट समस्याको हल गर्न सुझाव समेत दिएका छन् ।

यता पोखरा विश्वविद्यालय प्रध्यापक संघका अध्यक्ष दिपेन्द्र यादवले समय सापेक्ष तालवको वृद्धी र विश्वविद्यालयले गरेको सम्वन्धन खारेज गर्नु पर्ने माग राखेका छन् । आफूहरुको माग सुनुवाई नभएकोले तालावन्दी गर्न वाध्य भएको अध्यक्ष यादवले वताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित