काठमाडौं । मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्।
२३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका ९ का सुरजकुमार शाही पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो। स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन्। शुक्रबार उजुरी दिए पनि आइतबारमात्र दर्ता भएको थियो।
यसअघि सोरू गाउँपालिका ९ का ५४ वर्षीय झ्यापु शाही र सोही पालिकाको वडा(६ का धनप्रसाद भट्ट पक्राउ परिसकेको प्रहरीले जनाएको छ। झ्यापु र धनलाई आइतबार नै पक्राउ गरिएको हो।
लामो समयदेखि जातीय विभेद भोग्दै आएको भन्दै उनले जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी दिएकी हुन्।