fbpx

सडकमा मृत श्रीमान्‌सँगै घाइते भेटिएकी श्रीमातीको पनि मृत्यु, ३ जना पक्राउ

author

समाचारपाटी

३ महिना अगाडि

काठमाडौं। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ स्थित सडक छेउमा मृत श्रीमानसँगै घाइते अवस्थामा भेटिएकी अस्मिता शर्माको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

हिजो बिहान २५ वर्षीय राधे सहनी मृत फेला परेका थिए भने । उनकी पत्नी अन्दाजी २० वर्षीया अस्मिता घाइते अवस्थामा थिइन् । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत् अस्मिताको गएराति मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक सहनी महोत्तरीको लोहारपट्टी नगरपालिका ३ महदैयाका हुन् । ३ महिनाअगाडि मात्रै राधेले पकडियाकी अस्मितासँग प्रेम विवाह गरेका थिए ।

प्रहरीका अनुसार राधे विवाहपछि श्रीमतीसँगै धनुषाको महेन्द्रनगरमा डेरा लिएर बस्दै आएका थिए । आइतबार ससुरालीबाट श्रीमतीलाई लिएर महेन्द्रनगरका लागि हिँडेका उनी सोमबार बिहान मृत भेटिए ।

घटनास्थलमा मोटरसाइकलका टुक्राहरू भेटिएको थियो । घटनास्थल हेर्दा उनी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । तर, दुर्घटना भएको मोटरसाइकल घटनास्थलमा नभेटेपछि घटना शंकास्पद मानिएको छ ।

श्रीमती अस्मिता बोल्न नसक्ने अवस्थामा भएकाले प्रहरीले घटना विवरण सोधपुछ गर्न सकेन । उनको पनि मृत्यु भएकाले अनुसन्धान असहज हुने देखिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले दुर्घटनामै राधेको मृत्यु भएको र घाइते उनकी श्रीमतीको पनि उपचारको क्रममा मृत्यू भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

उनले भने, ‘घटनास्थलमा मोटरसाइकल फेला नपरेपछि घटना शंकास्पद छ । तर, मोटरसाइकल भेटिसकेको छ । अर्काकै मोटरसाइकल थियो । ती व्यक्तिले मोटरसाइकल लगेका थिए । अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

राधेसँगै अर्को मोटरसाइकलमा आइरहेका दुई युवक र दुर्घटना भएको मोटरसाइकलका धनीलाई नियन्त्रणमा लिएको डीएसपी अवाले बताए ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन