काठमाडौं । नेपाल एयरलाइन्सले बुधबार बेलुका टिकट लिएर विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिमलाई लिएर उडेको छ ।
निगमले प्रधानमन्त्री दाहालसहितको टिमलाई लैजानको लागि यात्रुलाई अलपत्र पारेको हो । नेपाल एयरलाइन्सको बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान थियो । सोहीअनुसार यात्रुहरु विमानस्थल पुगेका थिए ।
निर्धारित समयमा यात्रुहरु ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसेकेका थिए । त्यहाँ गएपछि उनीहरुलाई थाहा भयो । नियमित उडान समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर जहाज दुवई उड्यो ।