fbpx

काँग्रेसले संसदमा प्रश्तुत हुने विशेष विधेयकको छलफलअघि सांसदहरुलाई विषयविज्ञबाट परामर्श दिने

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसले संसदमा प्रश्तुत हुने विशेष विधेयकहरुमा छलफल गर्नुअघि आफ्ना सांसदहरुलाई विषयविज्ञ बोलाएर जानकारी गराउनेभएको छ । 

शुक्रवार काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा विशेष विधेयकका बारेमा संसदमा बोल्नका लागि सांसदहरुलाई तयारीस्वरुप विषयविज्ञहरु बोलाएर विधेयकबारे जनकारी गराउने भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद उदयसमशेर राणाले संसदमा पेस हुने कतिपय विधेयकहरु प्राविधिक विषयका हुने र त्यसबारेमा सांसदहरु अनविज्ञ हुने भएकाले सांसदमा बोल्नुअघि विषयका बारेमा जानकारी गराउने उद्देश्यले सो व्यवस्था गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कतिपय प्राविधिक विधेयकहरु संसदमा पेस हुन्छन्, त्यसमा सांसदहरुले पढेर मात्रै सबैकुरा बुझ्न गाह्रो हुन्छ की, त्यो विषयमा अध्ययन गरेको मानिस हुनुपर्छ, नत्र चाहेर पनि बुझ्न गाह्रो हुने भएको कारणले र सांसदहरुले बोल्दा पनि प्रभावकारी बनाउनको लागि प्रमुख सचेतक रमेश लेखकले महत्वपूर्ण विधेयकहरुमा कानूनविद्हरु ल्याएर त्यसको बारेमा बुझाएर र संसदमा बोल्न र तयारी गर्नका लागि व्यवस्था गरिदिनुभएको छ । यसले हाम्रो पार्टीका सांसदहरुको संसदमा प्रश्तुती प्रभावकारी हुनेछ ।’

त्यस्तै नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले नेपाली काँग्रेस संसदीय दलले विशेष प्रकारका विधेयकहरुमा सबै सांसदहरुलाई राखेर छलफल गर्ने कुरा प्रारम्भ गरेको  बताउनु भयो । उहाँले बैठकमा सम्पती शुद्धिकरणको विधेयकका बारेमा पनि छलफल भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस संसदीय दलले विशेष प्रकारका विधेयकहरुमा संसदीय दलले सबै मान्यहरुलाई राखेर छलफल गर्ने कुरा प्रारम्भ गरेको छ । यो राम्रो छ । सम्पती शुद्धिकरणको विधेयकलाई विज्ञहरुबाट सकारात्मक दृष्टिकोणबाट नै कुराहरु आएको छ । सुशासन र भ्रष्टाचार शुन्यताको कुरा छ । सुशासनको दृष्टिले पनि यसमा दृष्टि लगाउनुपर्छ । त्यससँगै अकुत सम्पतीको कुरामा यो विधेयकले केही गर्न खोजेको छ । श्रोत नखुलेको सम्पतीको विषयमा कसैलाई ट्याक्स लगाउने, कसैलाई कुद्दा लगाउने गर्नु भएन, त्यो सामाजिक न्यायको दृष्टिकोणले हेर्नुपर्छ ।’

नेपाली काँग्रेसले शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय कार्यालयमा पार्टीका संसदहरुलाई बोलाएर संसदमा प्रश्तुत विधेयकबारे अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । 


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन