Breaking-पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु फेला – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

Breaking-पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु फेला

पोखरा, असार ९ ।
पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु भेटिएको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहले नेपाल बन्द घोषणा गरेको पुर्व सन्ध्यामा बजारलाई त्रसित बनाउने गरि शंकास्पद बस्तु राखिएको हो ।

फेवा एग्रिकल्चर प्रालीले सञ्चालन गरेको मण्डीमा मान्छेको भीडभाड भएको बेला बम राखिएको होहल्ला फैलिएको थियो ।

मण्डीको पार्किङ स्थालमा शंकास्पद बस्तु भेटेपछि ब्यापारीले प्रहरीलाई खवर गरेका थिए । निलो रङको पाइपमा घडी जडान गरिएको बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

टाईम बम हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलमा निकै ठूलो भीड छ भने मण्डीभित्र प्रहरी मात्रै छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा आईसकेको बैदाम प्रहरी प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

File Photo

The post Breaking-पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु फेला appeared first on Dna Nepal.

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित