बाढीबाट प्रभावितहरुको राहत उद्धारका कार्य तीव्र – Samacharpati
Home | About Us | Contact | Unicode | About Us | Topics |

बाढीबाट प्रभावितहरुको राहत उद्धारका कार्य तीव्र

केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिले बाढीबाट प्रभावितहरुको राहत उद्धारका कार्य तीव्र गतिमा भइरहेको जनाएको छ । गृह मन्त्री राम बहादुर थापाको अध्यक्षतामा शनिबार बसेको बैठकले वर्षाका कारण निम्तिएका परिस्थितिको सामना गर्दै तीव्र गतिमा राहत तथा उद्धार कार्य भईरहेको जनाइएको हो । बैठकबाट बाढी पहिरो पीडितहरुलाई स्थानीय सरकारमार्फत राहत वितरण गर्ने निर्णय गरेका जनाइएको छ । सरकारले अविरल वर्षासँगैको बाढी र पहिरोमा परेका प्रभावितहरुका लागि स्थानीय सरकारमार्फत नै राहत वितरण गर्ने निर्णय गरेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राइले जानकारी दिनुभयो । बैठकले जिल्ला विपद् व्यवस्थापन समितिलाई परिचालन गरि प्रदेश सरकारसँग समन्वयन गरि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहबाटै सम्पुर्ण राहत वितरण गर्ने निर्णय गरेको उहाले बताउनुभयो । बैठकले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि संघको सहयोग र प्रदेश सरकारको समन्वय रहने गरि स्थानीय सरकारबाटै राहत वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको राईको भनाई छ । राईले परराष्ट्र मन्त्रालयबाट कुटनीतिक पहल गरेपछि अहिले भारतीय सिमानाकाको बाँधका ढोका खोलिएकाले रौतहटको गौरमा पानीको सहत कम हुँदै गएको बताउनुभयो । उहाले बर्षा नरोकिए अझै ठूलो क्षति पुग्न सक्नेतर्फ आवश्यक सजगता अपनाउन समेत सम्बन्धित निकायलाई सचेत गराउनुभयो । बाढी र पहिरोका कारण सबैभन्दा बढी क्षतिग्रस्त प्रदेश नम्बर १ र २ मा उद्धारमा हेलिकाप्टर उद्धार भइरहेको राइले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित