छुरा प्रहार÷पर्सा | आगलागी प्रभावितलाई जस्तापाता | खोलाले बगाउँदा बालिका बेपत्ता | मोटरसाइकल चोरी – Samacharpati
Home | About Us | Contact | Unicode | About Us | Topics |

छुरा प्रहार÷पर्सा | आगलागी प्रभावितलाई जस्तापाता | खोलाले बगाउँदा बालिका बेपत्ता | मोटरसाइकल चोरी

छुरा प्रहार÷पर्सा

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले अर्का विद्यार्थी र उनका आफन्तमाथि चक्कु प्रहार गरेका छन् । एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत अरविन्द सहनीले चक्कु प्रहार गर्दा रञ्जितप्रसाद रौनियार र उनकी बहिनी चाँदनीदेवी सख्त घाइते भएकी छन् । चक्कु प्रहारका कारण रौनियारकी आमा मीनादेवीको हातमा समेत सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । घाइतेहरुको उपचार भइरहेको छ भने फरार सहनीको खोजी भइरहेको एसपी राठौरले बताउनुभएको थियो ।

आगलागी प्रभावितलाई जस्तापाता बितरण
कपिलवस्तु
एक साता अघि भएको आगलागीमा घरगोठ जलेका कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीका ६ आगलागी प्रभावित दलित परिवारलाई जस्तापाता बितरण गरिएको छ । दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुको पहलमा कपिलवस्तु नगरपालिका र युनाईटेड मिसन टु नेपाल (युएमएन) को १ लाख ७० हजारको सामुहिक लगानीमा आगलागी प्रभावित ६ दलित परिवारलाई १ सय ५६ थान जस्तापाता बितरण गरिएको हो ।

खोलाले बगाउँदा बालिका बेपत्ता
लमजुङ–लमजुङको सुन्दरबजार नगरपालिका–९, बेलघारीस्थित मस्र्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । शुक्रबार मस्र्याङ्दी नदी किनारामा साथीहरुसंग खेल्ने क्रममा खोलाले बगाउँदै गरेको बहिनीको चप्पल छोप्न खोज्दा सुन्दरबजार नगरपालिका–९, बेलघारी बस्ने नन्दकुमारी गुरुङकी ७ वर्षीया छोरी रितु गुरुङलाई मस्र्याङ्दीले बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो । रितु दोर्दी गाउँपालिका–१, रत्न प्राविको कक्षा ३ मा पढ्दै आएकी थिईन् । खोलालाई बगाई वेपत्ता भएकी बालिकाको खोजी भइरहेको छ ।

मोटरसाइकल चोरी
प्रहरीले पूर्वमा संगठित भएर मोटरसाइकल चोरी गर्दै आएका ७ अभियुक्तलाई सार्वजनिक गरेको छ । उनीहरुको साथबाट १८ वटा चोरीका मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको दाबी छ । पक्राउ पर्नेहरुमा झापा गौरादह–२ का एलक्स भनिने विजय चौधरी, बाह्रदशी–६ का नगेन्द्र चौधरी, गौरादह–८ का रोविन राजवंशी, बाह्रदशी–७ का विनोद मुर्मु, कमल गाउँपालिका–१ का विष्णु चौधरी, शिवसताक्षी–१ का प्रेमबहादुर रिमाल, शिवसताक्षी–५ का रमेशकुमार ताजपुरिया छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित