सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरा डाँडामा दुर्घटना भएको छ । बिहान १०:०५मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभयाे।
‘च्यान डाँडामा चौरी गोठालाहरुले हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन्, ६ जना व्यक्ति चढेका रहेछन्’ कार्कीले भन्नुभयाे । हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाउनुभएकाे थियाे । उक्त हेलिकोप्टरमा क्याप्टेन बाहेक ५ जना विदेशी सवार रहेका लुक्ला विमानस्थलका एटिसि अफिसर सागर कँडेलले जानकारी दिनुभयाे ।
हेलिकोप्टर लामाजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्याण्ड ओभर गर्ना साथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटिसि अफिसर कँडेलको भनाइ छ ।
annapurnapost