अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला शुरु
काठमाडौँ, २५ मङ्सिर । स्वस्थ नेपालका लागि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ एवं स्वच्छता अभियानसम्बन्धी तीनदिने कार्यशाला राजधानीमा शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत संस्थाको आयोजनामा मङ्गलबारदेखि शुरु भएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, स्थास्थ्य संस्थाका अधिकारीलगायत गरी ३५० भन्दा बढीको सहभागिता छ । कार्यशालामा विश्व स्वास्थ्य सङ्गठन, […]