उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो
ठिनी, २२ कात्तिक । उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताउनुभयो । चराङमा बिहानसम्म पानी परिरहेको उहाँले बताउनुभयो । पानी र हिमपातका कारण चिसो बढेको […]