समाचारपाटी डटकम (samacharpati.com) पोखराबाट संचालित राष्ट्रिय स्तरको अनलाईन न्युज पोर्टल हो । समाचारपाटी डटकम विसं २०७० सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।पोखरा मिडिया क्लब को नाममा कम्पनि रजिष्टारको कार्यालय, सुचना विभाग र सम्बन्धीत सरकारी निकायमा दर्ता भई संचालन भएको अनलाइन संचारमाध्यम हो ‘समाचारपाटी डटकम’ । सुचना प्रवाहको बलियो आधार भन्ने मुल मन्त्र बोकेर संचालन भईरहेको समाचारपाटी डटकम आफ्ना पाठकलाई सत्य र तथ्य समाचार सम्प्रेषण गर्न हरदम प्रतिबद्ध छ । पत्रकारिताको आधारभूत सिद्धान्त तथ्यपरकता, सन्तुलन र विश्वसनियतामा आधारित रहेर विश्वभरका ताजा सूचना प्रवाह गर्नु यसको मूल धर्म हो ।
हामी पत्रकारिताको विश्वव्यापी आधारभूत मान्यतालाई कहिल्यै डगमगाउन दिने छैनौं । वर्तमान समय सूचना र प्रविधिको युग हो । २१ औं शताब्दी प्रविधिले साँघुरो भइसकेको छ । नयाँ र प्रभावकारी मिडियाको रुपमा विश्वभर अनलाइन सञ्चारमाध्यम उदाइ सकेको छ । यसको आमसमुदायमा छुट्टै र विशेष प्रभाव छ । सोही अनुरुप हामी पनि बाट समाचारपाटी माध्यमबाट सही सूचना दिन श्रोता, पाठक, दर्शकमाझ आएका हौं । हामी सही सूचना प्रवाह गर्छौ, ठिक, बेठिक, राम्रो र नराम्रो भनेर मूल्यांकन गर्नै जिम्मा सम्पूर्ण आमसमुदायको नै हो ।
यसमा समसामयीक समाचारहरु, ब्रेकिङ न्युज, राजनिति, आर्थिक, खेलकुद, साहित्य, मनोरञ्जन र विभिन्न व्यक्तिका बिचार विश्लेषण यहाँहरुले हेर्न र पढ्न पाउनुहुने छ ।
क्यामेरामेन
रिपोर्टर
लेखापाल
प्रकाशक/संचालक
निर्देशक
सम्पादक
भिडियो सम्पादक
लेखा प्रमुख
धर्म संस्कृति
बजार व्यबस्थापन प्रमुख