स्वतन्त्र पत्रकार संघ कास्कीमा सल्लाहकार चयन–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • स्वतन्त्र पत्रकार संघ कास्कीमा सल्लाहकार चयन

स्वतन्त्र पत्रकार संघ कास्कीमा सल्लाहकार चयन

स्वतन्त्र पत्रकार संघ कास्कीमा सल्लाहकार चयन

पोखरा, १ असार । स्वतन्त्र पत्रकार संघ कास्कीले सल्लाहकार चयन गरेको छ । संघको शनिवार सम्पन्न बैठकले पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको हो । संघले सल्लाहकारमा संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, अग्रज पत्रकार विश्व शाक्य, नारायण कार्की, दुर्गा अधिकारी र शाखा निवर्तमान अध्यक्ष कृष्ण थापालाई चयन गरेको छन् ।

यसैगरी, बैठकले समसामयिक विषयमा वहस चलाउँदै आएको सयपत्री समाज नेपालसँगको सहकार्यमा मिडिया काउन्सिल विधेयक विषयमा यही असार ३ गते अन्तरक्रिया कार्यक्रमसमेत गर्ने भएको छ । उक्त कार्यक्रममा मिडिया काउन्सिल विधेयकमा विवादका बुँदा विषयमा कार्यपत्र प्रस्तुत गरी गहन छलफलसहित निचोड निकाल्ने संघका सचिव सुरेशराज अधिकारीले जानकारी दिए ।

यसैबीच, संघको बैठकले संस्थाका शुभेच्छुक तथा युनाइटेड रेफरेन्स ल्याबरोटरीका प्रबन्ध निर्देशक ठाकुर पन्तलाई परेको माृतशोकमा शोकसमेत व्यक्त गरेको छ । शनिवार संघका पदाधिकारीले शोकसन्तप्त परिवारजनलाई भेटेर शोक वक्तव्य जारी गर्दैै असल आमा चोला कुमारीको भौतिक चोलाको अन्त्यले समाजमा अपूरणीय क्षति पुगेको भनिएको छ । बैठक संघका अध्यक्ष असफल गौतमको अध्यक्षतामा भएको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका