भाइरल बाबु छोरीको अनौठो प्रेम, सैलिनलाई गायिका बनाउने संजितको सपना ( भिडियो ) | Samacharpati        
Home | About Us | Contact | Unicode |

भाइरल बाबु छोरीको अनौठो प्रेम, सैलिनलाई गायिका बनाउने संजितको सपना ( भिडियो )

काठमाडौं, १ असार । पछिल्लो समय विभिन्न कारणले विभिन्न किसिमका व्यक्तिहरु चर्चामा आउने क्रम जारी छ । यसैक्रममा यतिबेला युटुब (सोसल मिडिया ) मा एक बच्ची र उनको बाबु निकै भाइरल बनिरहेका छन् सानी बच्ची २ वर्ष ५ महिनाकी मात्र छिन । जसको नाम संजित श्रेष्ठ र उनको छोरी यानिकी सानी बच्चीको नाम सैलिन श्रेष्ठ हो ।

सोसल मिडियामा दिनदिनै भारल बनिरहेका यी बाबु छोरीको भिडियो सधैव सामाजिक संजालमा अपलोड गरिरहेको श्रेष्ठले बताएका छन् । उनले यसो रमाइलोको लागि भनेर सो भिडियोहरु बनाउदै गएको बताए । उनले कुनैपनि कुरा नसोची कुनै कन्सेप्ट बिनानै आफु अघि बढ्दै गएको र यहिँ गर्छु यस्तो नै बनाउछु भनेर आफुले नसोचेको बताए ।

सानी सैलिन निकै चन्चले स्वभावकी छिन । उनि बाबुको प्यारी छोरी हुन् । उनले बाबाले भनेको हरेक कुरा मान्ने गर्छिन । यतिमात्र नभएर उनि मिडियामाझ बोल्न पनि बाबुले भन्नु पर्ने रहेको छ । सानो बच्चाहरुले अत्याधिक प्रश्न गर्ने गर्छन र सबैको बच्चा निकै चन्न्चले हुने, धेरै चकचक गर्ने खाल्को हुन्छन तर आफ्नो बच्चाचाहि त्यस्तो नहोस भन्ने आफ्नो सोच रहेको श्रेष्ठले बताए ।

स्कुल जाने उमेर समेत नभएकी सैलिनले २ बर्षको उमेरमै सामान्य बच्चाले स्कुलमा सिक्नु पर्ने कुरा क, ख देखि ए, बी,सी लगाएतका कुराहरु अहिलेनै सिकी सकेकी उनका बाबुले बताएका छन् । उनले छोरीलाई भविष्यमा गएर यहिँनै बनाउछु भन्ने छैन तर सामान्य गीत गाउने होस् र बानी , बोली चाली लगायत राम्रो होस् एउटा देशको असल नागरिक बनोस भन्ने आफ्नो चाहाना रहेको बताए । बाकी भिडियोमा हेर्नुहोस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित