मिडिया विधेयकका विरुद्ध पत्रकारहरु एक भएर आन्दोलित हुनुपर्ने–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • मिडिया विधेयकका विरुद्ध पत्रकारहरु एक भएर आन्दोलित हुनुपर्ने

मिडिया विधेयकका विरुद्ध पत्रकारहरु एक भएर आन्दोलित हुनुपर्ने

मिडिया विधेयकका विरुद्ध पत्रकारहरु एक भएर आन्दोलित हुनुपर्ने

पोखरा, १ असार । नेपाल  प्रेस  युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले सरकारले संसदमा ल्याएको मिडिया विधेयकका विरुद्ध पत्रकारहरु एक भएर आन्दोलित हुनुपर्ने बताएका छन् । नेपाल प्रेस  युनियन कास्कीले पोखरामा आज आयोजना गरेको गण्डकी प्रदेशका युनियन आबद्ध पत्रकार विच भएको छलफलमा सो कुरा बताएका हुन् । उनले मिडिया विधेयकले पत्रकारका हकअधिकार भन्दा पनि जनताको हकअधिकार हनन् हुने बताए । कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला अध्यक्ष सहितका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा श्रमजिवी पत्रकारका बारेमा समेत छलफल भएको थियो । जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य टंक अधिकारी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम शर्मा, गोर्खाका अध्यक्ष किशोरजङ्ग थापा, पर्वतका अध्यक्ष छबीलाल तिवारी, नवलपरासीका अध्यक्ष ओमराज रानाभाटले बोलेका थिए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य कैलाशबाबु श्रेष्ठ, संगम घर्ती मगर, बसन्त अधिकारी, पत्रकार महासंघ कास्कीका सदस्य प्रकाश सापकोटा, पत्रकार डम्बर अधिकारी, पत्रकार हिमनिधि लौडारी, प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेलले लोकतन्त्रमा पत्रकारको भुमिका अहिलेको सरकारले बिर्सिएको आरोप लगाएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका