गण्डकी प्रदेशबाट पनि नेकपा माओवादी निक्लिदै,एकता बाई बाई – Samacharpati Samacharpati गण्डकी प्रदेशबाट पनि नेकपा माओवादी निक्लिदै,एकता बाई बाई – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशबाट पनि नेकपा माओवादी निक्लिदै,एकता बाई बाई

गण्डकी प्रदेशबाट पनि नेकपा माओवादी निक्लिदै,एकता बाई बाई

गण्डकी प्रदेशबाट पनि नेकपा माओवादी निक्लिदै,एकता बाई बाई

गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

बुधबार विहान बसेको माओवादी संसदीय दलले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिनेछन् ।माओवादी केन्द्रले समर्थन भने तत्काल फिर्ता नलिने बताएको छ । सत्ता समीकरणको प्रयासपछि मात्र समर्थन फिर्ता लिने एक सांसदले बताए ।

गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन एमाले बाहेक सबै दल एक ठाउँमा आउनुपर्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादीका १२ सांसद छन्, जसमध्ये एक नेत्रनाथ अधिकारी सभामुख छन् । नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।

सबभन्दा ठूलो दल एमालेका २७ सांसद छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ ९दीपक मनाङे०को समर्थन पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई छ ।यदि राष्ट्रिय जनमोर्चाले साथ दिने हो भने मुख्यमन्त्री गुरुङको सरकार बच्छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका