नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन – Samacharpati Samacharpati नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन – Samacharpati
Samacharpati
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन

नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन

नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन

नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन गरी शपथ गराएको छ ।

चैत १९ गते माधवकुमार नेपाल र गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका थिए ।

समानान्तर कमिटीको सचिवमा होम नेपाली थिए । घोषणा गरिएको सदस्यको संख्या थपेर १४९ सदस्यीय पुर्‍याएर शपथ गराइएको कास्की अध्यक्ष आचार्यले जानकारी दिए ।

कमिटीको उपाध्यक्ष शोभखर भण्डारी, उपसचिव पूर्ण लामा चयन भएका छन् । यस्तै पोखरा महानगर कमिटी अध्यक्षमा मुक्ति पौडेल र सचिवको जिम्मेवारी सुशील बस्नेतलाई दिइएको छ ।

केन्द्रीय पोलिटब्युरो सदस्य तुलबहादुर थापाले कमिटीका पदाधिकारी तथा सदस्यलाई शपथ खुवाए । जिल्ला कमिटीका सदस्यहरुको नामावली टुंगो लागेपछि योगेश भट्टराईबाट शपथ खुवाउने कार्यक्रम थियो । मौसमका कारण जहाज नउडेपछि नेता थापाले शपथ खुवाएका थिए ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका