गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङलाई हाइसञ्चै,यता माओवादीलाई भने निल्नु न ओकल्नु – Samacharpati Samacharpati गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङलाई हाइसञ्चै,यता माओवादीलाई भने निल्नु न ओकल्नु – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङलाई हाइसञ्चै,यता माओवादीलाई भने निल्नु न ओकल्नु

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङलाई हाइसञ्चै,यता माओवादीलाई भने निल्नु न ओकल्नु

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङलाई हाइसञ्चै,यता माओवादीलाई भने निल्नु न ओकल्नु

६ महिनाभित्र संसद बैठक डाक्नैपर्ने बाध्यकारी नियमले आजदेखि सुरु हुने गण्डकी प्रदेश सभा बैठकमा अरु प्रदेशमा जस्तो दृश्य देखिने छैन ।

नेकपा विवादयता र फागुन २३ गते सार्वोच्चले एमाले र माओवादी ब्युँताइदिएपछि सत्ता समीकरण, सरकार गिराउने तथा बनाउने खेल भइरहेका छन् ।गण्डकी प्रदेशमा भने त्यो कुनै खेल नहुने भएपछि माओवादी र जनमोर्चाको समर्थनमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङ ढुक्कै छन् ।सरकारको समर्थन गरिरहेको माओवादी गण्डकी प्रदेश सभामा सकसपूर्ण अवस्थामा छ ।

न सरकारबाट समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव पेस गर्न सक्छ, न सरकारबाटै हट्न चाहान्छ ।संसद बैठकमा आज दलका नेताले संवोधन गर्ने कार्यसूची छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । राष्ट्रिय राजनीतिको कारण सत्तारुढ दलको विरोध गर्नुपर्ने दबाब छ भने अर्कोतिर सरकारमै बसेर उसैको विरोध गर्न नैतिकरुपमा पनि दलका नेता तथा कानुनमन्त्री चुमानलाई संकट छ ।१२ सदस्य रहेको माओवादीबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा कानुमन्त्री चुमान र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा गरी दुई जना छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेको मात्र २७ सीट छ । एमालेभित्रै विभाजन भएको माधवकुमार नेपाल समूहमा बागलुङका सांसद इन्द्रलाल सापकोटा एक्ला छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ ९दीपक मनाङे०को समर्थन पनि मुख्यमन्त्री गुरुङलाई नै छ । ३ सदस्य रहेको राष्ट्रिय जनमोर्चाले समर्थन गर्दा मुख्यमन्त्री गुरुङ ३१ सदस्य लिएर बहुमतका साथ सरकारमा ढुक्क छन् ।

गण्डकी प्रदेश सरकार गिराउन एमालेबाहेकका सबै दलको समीकरण चाहिन्छ । गण्डकीमा तत्काल त्यो अवस्था देखिँदैन । गण्डकीमा माओवादीका १२, कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । माओवादीबाट निर्वाचत सांसद नेत्रनाथ अधिकारी सभामुख छन् । सत्ता समीकरण र अविश्वासको प्रस्ताव ल्याउने कुनै चलखेल नहुने भएकाले मुख्यमन्त्री गुरुङलाई यतिबेला हाइसञ्चै छ ।

प्रदेश प्रमुखले अभिवेशन आह्वान गर्न पठाएको पत्र पढेर सुरु हुने संसद बैठकमा दलका नेताले बोल्ने क्रमसँगै आजको बैठक सकिने संसद सचिवालयले जनाएको छ । अर्को बैठकमा पेस गर्न संसद सचिवालयमा अहिले ४ वटा विधेयक दर्ता भएका छन् । वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्राइभेट र्फम दर्ता नवीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आम सञ्चार विधेयक र महिला तथा बालबालिका सम्बन्धी विधेयक दर्ता भएका छन् ।गत असोज २६ गतेदेखि प्रदेशसभाको बजेट अधिवेशन सकिएको थियो । जेठ १५ तिरबाट बजेट अधिवेशन पनि सुरु गर्नुपर्ने भएकाले विधेयक अधिवेशन धेरै दिन चल्ने छैन ।कोभिड लगायतका विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टीले माग गरेपछि पुस २१ गते माघ ६ गतेसम्म विशेष अधिवेशन चलेको थियो ।onlonekhabar

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका