पेट्रोलियमपदार्थको मूल्य हाईको हाई बोनस भने बाँडेको बाँड्यै निगम भन्छ"कर्मचारीले बोनस लिएको कुरा आरोप हो” – Samacharpati Samacharpati पेट्रोलियमपदार्थको मूल्य हाईको हाई बोनस भने बाँडेको बाँड्यै निगम भन्छ"कर्मचारीले बोनस लिएको कुरा आरोप हो” – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • पेट्रोलियमपदार्थको मूल्य हाईको हाई बोनस भने बाँडेको बाँड्यै निगम भन्छ”कर्मचारीले बोनस लिएको कुरा आरोप हो”

पेट्रोलियमपदार्थको मूल्य हाईको हाई बोनस भने बाँडेको बाँड्यै निगम भन्छ”कर्मचारीले बोनस लिएको कुरा आरोप हो”

पेट्रोलियमपदार्थको मूल्य हाईको हाई बोनस भने बाँडेको बाँड्यै निगम भन्छ”कर्मचारीले बोनस लिएको कुरा आरोप हो”

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन थालेको छ ।पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरणमा एकाधिकार जमाएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य महिनामा २ पटकसम्म वृद्धि गर्दै आएको छ ।

स्वचालित मूल्य समायोजनको नाममा निगमले उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै पछिल्ला दिनहरूमा निगमको चर्को आलोचना हुँदै आएको छ ।निगमले बजारमा आफ्नो एकाधिकार भएकाले जे गरे पनि हुन्छ भन्ने सोचेको उपभोक्ता अधिकारकर्मीहरूको आरोप छ ।
निगमले एकातिर बोनसका लागि रकम छुट्याइरहने र अर्कातिर संस्था घाटामा छ भनेर उपभोक्तामाथि ढाड सेक्ने काम निरन्तर भइरहेको भन्दै अधिकारकर्मीहरूले आक्रोश पोखेका छन् ।

निगमले हाल हरेक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । समायोजन भनिए पनि मूल्य घटेको छैन, बढिरहेकै छ ।स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार निगमले हरेक १५ दिनमा मूल्य समायोजन गर्ने भएपनि गत माघ महिनाको अन्तिममा भने सातामै २ पटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो ।गत माघ २८ गते बढेको मूल्य एक साता नबित्दै फागुन ४ गते बढेको थियो । बढेको मूल्य पेट्रोलमा १ सय १४, डिजेल तथा मट्टितेलमा ९७, आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको थियो ।अहिले आएर सबैथोकको मूल्य बढिसकेको छ । सबैभन्दा बढी पेट्रोलको मूल्य १ सय २० रुपैयाँ प्रतिलिटर पुगिसकेको छ ।

निगमले सातामै २ पटक मूल्यवृद्धि गर्नु कार्यविधिविपरीत भएको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले चर्को आलोचना गरेका छन् । अधिवक्ता समेत रहेका उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ निगमले कानूनविपरीत काम गरिरहेको दाबी गर्छन् ।सरकारी संयन्त्र बलियो नहुँदा निगमले बदमासी गरिरहेको उनको आरोप छ ।

निगमले पछिल्लोपटक आइतवार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।चैत २२ गते भएको मूल्यवृद्धिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ .

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका