के गाउँ फर्कन थालेकै हुन त ? – Samacharpati Samacharpati के गाउँ फर्कन थालेकै हुन त ? – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • के गाउँ फर्कन थालेकै हुन त ?

के गाउँ फर्कन थालेकै हुन त ?

के गाउँ फर्कन थालेकै हुन त ?

गण्डकी प्रदेशकै उत्कृष्ट घरबास सुविधा भएको गाउँ पर्वतको चित्रेका स्थानीयवासी पर्यटक आगमन बढ्दै गएपछि पुनः गाउँ फर्कन थालेका छन् ।

गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति सहरबाट गाउँ फर्कनेको संख्या बढ्दै गएको छ । गाउँमा पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले पोखराको होटल व्यवसाय छाडेर गाउँ फर्किएको मोदी गाउँपालिका–८ चित्रेका निशान गुरुङले बताएका छन् । घरबास सञ्चालन गर्न गाउँ आएको उनको भनाई छ। गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीयवासी निकै उत्साहित भएका छन् ।

पर्यटकलाई राम्रो सेवासुविधा दिनका लागि यहाँका १० घरमा व्यवस्थित घरबास पूर्वाधार निर्माण भइसकेको छ । घरबास सञ्चालनका लागि गाउँ फर्किएका अहिले दैनिक गाउँमा आएका पाहुनाको स्वागत–सत्कारमा व्यस्त हुने गरेका छन् । तीमध्ये कतिपयले घरबासको मापदण्डबमोजिमका संरचना निर्माण गर्न थालेका छन् ।

कोरोना कहरका कारण झण्डै ११ महिनापछि तंग्रिन थालेको चित्रेमा दैनिक ३० देखि ५० को हाराहारीमा पर्यटक आउन थालेको ग्रामीण चित्रे घरबास पर्यटन विकास समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताएकी छिन् । गाउँमा एकसाथ ६० जनासम्म पाहुनालाई राख्न सकिने उनको भनाई छ । ‘कहिलेकाही त ६० जनाभन्दा बढी पाहुना आउँछन्, व्यवस्थापन गर्न निकै अप्ठेरो हुने गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका