जल तथा मौसम विभागका अनुसार‘मौसममा तत्काल सुधार नदेखिने,महानगर भन्छ:घर बाहिर ननिस्क – Samacharpati Samacharpati जल तथा मौसम विभागका अनुसार‘मौसममा तत्काल सुधार नदेखिने,महानगर भन्छ:घर बाहिर ननिस्क – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • जल तथा मौसम विभागका अनुसार‘मौसममा तत्काल सुधार नदेखिने,महानगर भन्छ:घर बाहिर ननिस्क

जल तथा मौसम विभागका अनुसार‘मौसममा तत्काल सुधार नदेखिने,महानगर भन्छ:घर बाहिर ननिस्क

जल तथा मौसम विभागका अनुसार‘मौसममा तत्काल सुधार नदेखिने,महानगर भन्छ:घर बाहिर ननिस्क

जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ ।

मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।यसैगरी पोखरा महानगरपालिकाले नगरबासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

पछिल्लो समय पोखरासहित देशभर बढेको वायु प्रदुषण स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै महानगरको स्वास्थ्य महाशाखाले सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।प्रदुषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्याको साथै दीर्घकालीन रुपमा मुटु र फोक्सोको समस्या बढ्ने, वायु प्रणालीमा असर पर्ने, बालबालिकाको वृद्धि विकासमा असर गर्ने र क्यान्सरको समस्या समेत आउन सक्छ,त्यसैले प्रदुषणबाट बँच्न सावधानी अपनाऔँ ।’,महाशाखाद्धारा जारी गरिएको सूचनामा भनिएको छ।

देशभर देखिएको वायू प्रदुषण र तुवाँलोले तत्कालीन र दीर्घकालिन असर पार्न सक्ने भएकाले सावधानी अपनाउँदै घर बाहिर अनावश्यक ननिस्कन महानगरको आग्रह छ ।मास्कको प्रयोग अनिवार्य गर्न,सकेसम्म गाडीको कम प्रयोग गर्न, प्रदुषण हुने वैकल्पिक साधनको प्रयोग गर्न, जथाभावी रुपमा आगो बाल्ने, फोहोर जलाउने, डढेलो लगाउने जस्ता कार्य नर्गन,वैकल्पिक उर्जाको प्रयोग गर्न महानगरले सुझाव दिएको छ ।साथै ज्येष्ठ नागरिक, बालबालिका तथा दीर्घ रोगीको विशेष ख्याल गर्न पनि महानगरले अपिल गरेको छ ।यसैबीच सरकारले आजदेखि शुक्रबारसम्मका लागि ४ दिन देशभरका स्कुल तथा कलेज लगायतका शैक्षिक संस्था बन्द गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका