पोखरा १६ ले मुआब्जा माग्दै आन्दोलनको घोषणा गर्यो,पोखरा १० का मन्त्री गुरुङ र १३ का ४ जना तास खेल्दाखेल्दै पक्राउ – Samacharpati Samacharpati पोखरा १६ ले मुआब्जा माग्दै आन्दोलनको घोषणा गर्यो,पोखरा १० का मन्त्री गुरुङ र १३ का ४ जना तास खेल्दाखेल्दै पक्राउ – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • पोखरा १६ ले मुआब्जा माग्दै आन्दोलनको घोषणा गर्यो,पोखरा १० का मन्त्री गुरुङ र १३ का ४ जना तास खेल्दाखेल्दै पक्राउ

पोखरा १६ ले मुआब्जा माग्दै आन्दोलनको घोषणा गर्यो,पोखरा १० का मन्त्री गुरुङ र १३ का ४ जना तास खेल्दाखेल्दै पक्राउ

पोखरा १६ ले मुआब्जा माग्दै आन्दोलनको घोषणा गर्यो,पोखरा १० का मन्त्री गुरुङ र १३ का ४ जना तास खेल्दाखेल्दै पक्राउ

गारतारो कसेरी संघर्ष समिति पोखरा १६ ले मुआब्जा माग्दै आन्दोलन घोषणा गरेको छ । पोखरा १६ गारतारोस्थित १ सय ३५ रोपनी जग्गा ३ दशक पहिला अधिग्रहण गरिएकोमा अहिलेसम्म मुआब्जा वितरण भएको छैन ।मुअब्जा नदिइएको भन्दै समितिले सोमबार पत्रकार सम्मेलन गरीसंघर्षका कार्यक्रम घोषणा गरेको हो । उनीहरुले पोखरामा सिँचाइका लागि प्रयोग हुने नहर बन्द गर्ने, नाराबाजी र कोणसभा गर्ने तयारी गरेका छन् ।१८ चैत बुधबारदेखि १४ वैशाखसम्म हरेक बुधबार नहर बन्द र नाराबाजी गरिने संघर्ष समिति संयोजक रुद्रबहादुर थापाले बताए ।१५ वैशाखदेखि न्याय नपाउँदासम्म सेती नहर सिँचाइ प्रणाली बन्द गर्ने चेतावनी संघर्ष समितिले दिएको छ ।संयोजक थापाले आफूहरु २०४८ सालयता पटकपटक सम्बन्धित निकायमा धाउँदा पनि बेवास्ता भएको गुनासो गरे ।

तलको समाचारपनि हेर्नुहोला

पोखरामा जुवा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।पोखरा महानगरपालिका – १३ कमलपोखरीमा तास खेलिरहेको अवस्थामा पोखरा – १० बस्ने एक जना तथा – १३ बस्ने ४ जनालाई आइतबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरूमा मादी गाउँपालिका १० भाचोक घर भई पोखरा १० वीरेन्द्र चोक बस्ने ३६ वर्षीय मन्त्री गुरुङ तथा पोखरा १३ कमलपोखरी बस्ने लमजुङ मर्स्याङ्दी गाउँपालिका ९ का मानसिंह गुरुङ, ३९ वर्षीय ईश्वरीराज गुरुङ, लमजुङ क्होलासोथार गाउँपालिका ७ का ५६ वर्षीय राम बहादुर गुरुङ र गोरखा भीमसेन गाउँपालिका २ का २९ वर्षीय नवीन गुरुङ रहेको प्रहरी निरीक्षक दीपक केसीले बताउनुभयो ।वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १३ हजार चार सय ५५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको केसीले जानकारी दिनुभयो ।उनीहरूलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका