देशभरका शिक्षण संस्था ४ दिन बन्द हुदै,होली बाग्लुङ काण्डको अहिलेसम्मको अपडेट – Samacharpati Samacharpati देशभरका शिक्षण संस्था ४ दिन बन्द हुदै,होली बाग्लुङ काण्डको अहिलेसम्मको अपडेट – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • देशभरका शिक्षण संस्था ४ दिन बन्द हुदै,होली बाग्लुङ काण्डको अहिलेसम्मको अपडेट

देशभरका शिक्षण संस्था ४ दिन बन्द हुदै,होली बाग्लुङ काण्डको अहिलेसम्मको अपडेट

देशभरका शिक्षण संस्था ४ दिन बन्द हुदै,होली बाग्लुङ काण्डको अहिलेसम्मको अपडेट

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय गरेको छ ।शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले बताए ।बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए ।बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा। हरी लम्साल, शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो ।बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।बैठकले भोलि मंगलवारदेखि शुक्रवारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।countinue

निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा मृत्यु भएका दुई जनाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइएको छ ।होली खेल्ने क्रममा विवाद हुँदा बडिगाड गाउँपालिका १० का युवाको कुटपिटबाट निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाइको मृत्यु भएको थियो ।घटनाको मुचुल्का उठाई दुबै जनाको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।ती दुई जनाको शव गोरेटो बाटो भन्दा करिब २ सय मिटर तल फेला परेको हवारीको भनाई छ । घटनाको बारेमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।प्रहरीले घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिन सकेको छैन । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट र नजिकमा रहेका चौकीबाट पनि प्रहरीहरु खटिएको बताइएको छ ।१३ जना सम्पर्कविहीन भएका युवाहरु राति सम्पर्कमा आएको निसीखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो । ती मध्ये १० जना युवा घाइते भएको उहाँको भनाइ छ ।घाइते मध्ये ज्ञानु दमाई, मिठे दमाईसहितका युवालाई राति नै उपचारको लागि बुर्तिबाङ पठाइएको अध्यक्ष कुँवरले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका