पोखरा महानगरपालिकाको एउटै वडामा आज १४ जनालाई कोरोना संक्रमण – Samacharpati Samacharpati पोखरा महानगरपालिकाको एउटै वडामा आज १४ जनालाई कोरोना संक्रमण – Samacharpati
Samacharpati
आइतवार, बैशाख ५, २०७८
  • होमपेज
  • पोखरा महानगरपालिकाको एउटै वडामा आज १४ जनालाई कोरोना संक्रमण

पोखरा महानगरपालिकाको एउटै वडामा आज १४ जनालाई कोरोना संक्रमण

पोखरा महानगरपालिकाको एउटै वडामा आज १४ जनालाई कोरोना संक्रमण

कास्की जिल्लाको पोखरा महानगरपालिकाको एउटै वडामा आज १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखराको वडा न ४ मा १० जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको हो ।

सबै संक्रमितहरु कन्ट्याक ट्रेसिङमार्फत पहिचान भएको जनाइएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

उहाँहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको शर्माको भनाइ छ । योसँगै प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १६ हजार ४३५ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका