कन्यामा सहकार्यात्मक शिक्षण बिधि सम्बन्धि गोष्टी – Samacharpati Samacharpati कन्यामा सहकार्यात्मक शिक्षण बिधि सम्बन्धि गोष्टी – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • कन्यामा सहकार्यात्मक शिक्षण बिधि सम्बन्धि गोष्टी

कन्यामा सहकार्यात्मक शिक्षण बिधि सम्बन्धि गोष्टी

कन्यामा सहकार्यात्मक शिक्षण बिधि सम्बन्धि गोष्टी

पोखरा । पोखराको नदीपुरमा रहेको कन्या क्याम्पसले दुइ दिने सहकार्यात्मक शिक्षण बिधि सम्बन्धि गोष्टी गरेको छ ।

आइतबारदेखि सुरु भएको उक्त तालिममा स्मार्ट हबका निर्देशक अजय रेग्मीले सहजीकरण गर्नुभयो । उहाँले इ-लर्निंगको महत्व,असल शिक्षकमा हुनुपर्ने गुणहरु,शिक्षकको भूमिका ,विधार्थीको कार्य विवरण र विशेषता बिषयमा सहजीकरण गर्नुभयो । उहाँले शिक्षणका पद्धति,कक्षाको आन्तरिक वातावरण तथा बिधार्थीको क्षमता विश्लेषण बारे जानकारी गराउनु भएको थियो । शिक्षणको क्रममा आवश्यक पर्ने जिक सअ (Jigsaw ) बिधि, थिंक शेर पियर (think- share -pair) पद्धती,माईड म्याप (mind map)बिधि लगायतका बिषयमा प्रयोगात्मक शैलीमा उहाँले कार्यशाला संचालन गर्नु भयो ।

त्यसै गरी कन्या क्याम्पस संचालक समितिका अध्यक्ष योगेन्द्र प्रधानले यस्ता कार्यशालाले प्राध्यापकहरुको शिक्षण क्षमता अभिवृद्धि गर्दै विधार्थीहरुको मनोभावना बुझ्न सहयोगी भूमिका खेल्नेमा जोड दिनु भयो । क्याम्पसका प्रमुख सुरेस कुमार मानन्धरले क्याम्पसका प्राध्यापकहरुको शिक्षण शैली समय अनुसार परिस्कृत बनाउन उक्त कार्यशालाको आयोजना गरिएको बताउनुभयो । शिक्षण शैलीको विकाससंगै सूचना र प्रबिधिको ज्ञान अपरिहार्य रहेको उहाँको भनाइ छ ।

उक्त तालिममा क्याम्पसका २० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका