शिवालय बाल क्लबमा निश्चल – Samacharpati Samacharpati शिवालय बाल क्लबमा निश्चल – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८

शिवालय बाल क्लबमा निश्चल

शिवालय बाल क्लबमा निश्चल

पाेखरा । शिवालय माध्यमिक विद्यालय, रुपा गाउँपालिका-२, थुम्कीमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ ।

निश्चल ओझाको अध्यक्षतामा पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा करिना ओझा, सचिवमा धिरज सुनार, कोषाध्यक्षमा अलिका सुवेदी र सहसचिवमा प्रशान्त ओझा सर्वसम्मत चयन भएका छन् ।

समितिका सदस्यहरूमा सौरभ अधिकारी, दिलबन्धु ओझा, सागर आले, आयाम ओझा, राजेश सुर्खाली, ममता गुरुङ र सोनिया सुवेदी रहेका छन् । क्लबको शिक्षक संयोजकमा रस्मिला खनाल र संरक्षकमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी रहेका छन् । त्यसै गरी निवर्तमान अध्यक्ष पुरुषोत्तम ओझा र निवर्तमान कोषाध्यक्ष आकृति तामाङलाई सल्लाहकार चयन गरिएको छ ।

क्लबले पाक्षिक रूपमा शिवालय नामक भित्ते पत्रिका प्रकाशन गर्नुका साथै समयानुकूल तालिम तथा सहकार्यकलापहरुको संयोजन गर्ने गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका