पोखरामा सवारी दुर्घटनामा एकको मृत्यु, ठक्कर दिने सवारी साधन फरार – Samacharpati Samacharpati पोखरामा सवारी दुर्घटनामा एकको मृत्यु, ठक्कर दिने सवारी साधन फरार – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • पोखरामा सवारी दुर्घटनामा एकको मृत्यु, ठक्कर दिने सवारी साधन फरार

पोखरामा सवारी दुर्घटनामा एकको मृत्यु, ठक्कर दिने सवारी साधन फरार

पोखरामा सवारी दुर्घटनामा एकको मृत्यु, ठक्कर दिने सवारी साधन फरार

पोखरामा आइतबार सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । पोखरा ७ बुलौदीमा आइतबार बिहान नम्बर नखुलेको सवारीसाधनले ग ५ प ८३६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

बिहान करिब ६ बजे भएको दुर्घटनामा धनकुटा सहिद भूमि गाउँपालिका १ हुगुवा घर भई पोखरा ६ लेकसाइड बस्दै आएका ४७ वर्षीय जितबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो। हमालका अनुसार दुर्घटना पश्चात् राईलाई तत्काल जीएमसी हस्पिटल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्कुटरलाई ठक्कर दिने सवारी साधन फरार रहेको डिएसपी हमालले बताउनुभयो । ठक्कर दिने सवारीसाधनको वडा प्रहरी कार्यालय बदामका प्रहरी प्रमुख डिएसपी चिनीमाया तामाङको नेतृत्वमा १५ सदस्यीय टोलीले खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

यता स्थानीय ले भने, बिहान करिब ०६:०५ बजे दुर्घटना भएको र उक्त बस पहेलो रंगको स्कुल बस भएको दाबि गरेका छन् ।

सो क्षेत्र दुर्घटना जोखिम क्षेत्र हो । बर्सेनि धेरै दुर्घटनाहरू भइरहेका छन् । ओरालो र घुम्ती सडकका कारण पनि दुर्घटनाको जोखिम बढेको छ । यसअघि, पछिल्लो पटक फागुन २ गते दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका