नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिर्वतन भएको जानकारी संसद सचिवालयलाई दिएको छ ।
शुक्रबार ११५ सांसदको उपस्थितिमा बैठक बसेर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको यो समूहको दावी छ ।
त्यही जानकारी दिन प्रचण्डसँगै अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरुले संसदका महासचिव भरतराज गौतमलाई भेटेका छन् ।onlinekhabar