गोलडाँडा र नयाँबजारमा एक घर एक धारा – Samacharpati Samacharpati गोलडाँडा र नयाँबजारमा एक घर एक धारा – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • गोलडाँडा र नयाँबजारमा एक घर एक धारा

गोलडाँडा र नयाँबजारमा एक घर एक धारा

गोलडाँडा र नयाँबजारमा एक घर एक धारा

पोखरा । अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले गाउँपालिकाले पदमार्ग र एक घर एक धारा निर्माणलाई प्राथमिकता दिर्दै आएको बताउनुभएको छ ।

अन्नपूर्ण ३ स्थित काँडे, अष्टे«लियन क्याप, प्रितम देउराली सिढी बाटो तथा नयाँबजार र गोलडाँडा एक घर एक धारा आयोजनाको शनिवार उद्घाटन गर्दै अध्यक्ष कुँवरले त्यस्तो बताउनु भएको हो। घरमै धारो भएपछि नुहाउन, कपडा तथा भाँडा धुन, तरकारी लगाउनु पनि सहज हुने उहाँको विश्वास छ ।

उक्त कार्यक्रममा अन्नपूर्ण ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, ५ का वडाध्यक्ष जीवनाथ पौडेल, ६ का वडाध्यक्ष चित्रबहादुर गुरुङ, पदमार्ग निर्माण समितिका अध्यक्ष विकास गुरुङ, माछापोखरी टोल विकास संस्थाका अध्यक्ष निमा गुरुङ, नयाँबजार खानेपानी समितिकी अध्यक्ष शान्ति गुरुङ, पदमार्गका सचिव युवराज गुरुङ लगायतले पनि धारणा राख्नुभएको थियो।

संघिय सरकार तथा गाउँपालिकाको आर्थिक सहयोग र जनसहभागितामा ति योजनाहरु सम्पन्न गरिएका हुन् ।जसअनुसार संघिय सरकारको रु.३३ लाखको लागत र जनसहभागितामा कुल ८ सय मिटर पदमार्ग निर्माण गरिएको हो ।

त्यस्तै गाउँपालिकाको रु.१० लाख अनुदान तथा जनश्रमदानमा गोलडाँडामा ४० र नयाँबजारमा १८ धारा पनि निर्माण गरिएको छ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका