पोखरा । पोखरामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन ।
प्रहरीले पोखरा ३० लेखनाथमा चेकजाँच गर्दा काठमाण्डौंबाट पोखरा तर्फ आउदै गरेको बा२ख ५४४७ नं।को हाइसमा सवार दुई जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा पोखरा २९ मुसेटुडा निवासी १९ वर्षीय प्रकाश अधिकारी र पोखरा ३० ढुंगेपाटन निवासी ३५ वर्षीय राजकुमार मगर रहेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले अधिकारीको साथबाट फेनरागन २३ एम्पुल, नुर्फिन २३ एम्पुल र डाइजापाम २३ एम्पुल बरामद गरेको छ भने मगरको साथबाट फेनरागन ३ एम्पुल, नुर्फिन २६ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।