प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुुरु हुँदै – Samacharpati Samacharpati प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुुरु हुँदै – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुुरु हुँदै

प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुुरु हुँदै

प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुुरु हुँदै

काठ्माणडाै । प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुुरुआत हुुँदैछ ।

संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुुभएको छ । सर्वाेच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशनुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुुन नहुने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो । राष्ट्रियसभाको सातौँ अधिवेशन भने पुुस १७ गते नै आह्वान भई केही दिन चलेपछि अन्त्य भएको थियो । अधिवेशन सञ्चालन गर्न अपनाउनुुुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूूर्ण तयारी पूरा भएको जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका